19.1 C
Kathmandu

कला/ साहित्यआस्मान लोप्चनको खान्दोके सेलो 'जाउं हिड लण्डन' भिडियो बन्यो यस्तो, हेर्नभयो त...

आस्मान लोप्चनको खान्दोके सेलो ‘जाउं हिड लण्डन’ भिडियो बन्यो यस्तो, हेर्नभयो त ?

काठमाडौं । गायक आस्मान लोप्चनको नयाँ गीत खान्दोके सेलो ‘जाउँ हिड लण्डन’ भिडियो सहित सार्बजनिक भएको छ । पछिल्ला समय एक पछि अर्को गर्दै खान्दोके सेलो गीत गाएर चर्चा कमाउन सफल गायकको रुपमा चिनिएका आस्मान लोप्चन मिठो आवाजमा गीत गाउने मात्रै नभएर उनी आफै गीत लेख्ने र संगीत सिर्जनामा अब्वल रहेको छ । उनले गाएका प्राय जसो गीतहरुमा स्वयम् आफै अभिनय समेत गर्ने गर्दछ ।

केही दिन अघि मात्रै क्लिक नेपाल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा लोप्चन आफ्नै शब्द संगीत रहेको छ । गीतमा आवाज भने आस्मान लोप्चन र रोस्ना लुङ्बाको रहेको छ । जोगलाल लामाको एरेन्ज रहेको उक्त गीतको अडियो मिक्सिङ अर्पण थिङ तामाङले गरेका हुन् । गीतको भिडियो तर्फ भने बुद्ध लामा तितुङको निर्देशन र बाबु सेन्चुरीको कोरियोग्राफीमा मणि तामाङ, सुस्मा मोक्तान र आस्मान लोप्चनको मुख्य अभिनय रहेको छ । मौलिक भाकालाई प्राथमिक्ता दिनुपर्छ भन्ने हेतुले प्राय तामाङ सेलो, खान्दोके सेलो गितहरु गाउने गरेको उनले बताए । रोजगारको क्रममा परदेसिनु परेको पुरानो दोस्ति र गाऊ घरमै पर्खेर बसेकि पुरानो दोस्ति बिच बर्षौं पछि भएको भेटलाई भिडियोमा उतार्न प्रयास गरेका समेत उनले बताए ।

संचारको क्षेत्रमा रेडियोकर्मीबाट यात्रा थालानी गरेको लोप्चन केही समय अघि सम्म मोडलिङ क्षेत्रमा आफुलाई स्थापित गर्ने उदेश्यका साथ लागि परे । तर पछिल्ला समय उनले मोडलिङ संगै गायनमा समेत उत्तिकै सफलता पाए । यस अघि उनले आगो त बाल्ने, आगो त बाल्ने २, यार्साली दोस्ती, झिल्के खुवाली जस्ता निक्कै हिट गीतहरु बजारमा ल्याइसकेका छन् । खान्दोके सेलो भाकामा उनको आवाज यत्ति बेला दर्शक श्रोताको मन मष्तिश्कमा बस्न सफल रहेको छ । यिनै गीतहरुले चर्चा पाए संगै लोप्चनले स्वदेशमा मात्रै नभएर विदेशमा हुने थुप्रै कार्यक्रमहरुमा सांगीतिक प्रस्तुतिका लागि स्टेज समेत पाएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्