27.1 C
Kathmandu

समाचारहिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति...

हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी सञ्चालन हुदैं

काठमाडौं ।  हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ ।

आगामी माघ १८, १९ र २० गते बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुने गोष्टीको प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने आयोजकले जनाएको छ ।

बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बर्द्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने हेतुले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको धर्मगुरु कोशिस लोब्साङ वाइबाले जानकारी दिए।

गोष्ठिमा खेन्पो शिर लामा– गुरुङ गुरु पद्मसम्भवको योगदान र विशेषता, गेशे ञिमा छ्योग्याल– बौद्ध दर्शन तथा आधुनिक विज्ञानको विशेषता, खेन्पो सर्वजित गोङपा– पंचमहाशास्त्रको संक्षिप्त परिचय, खेन्पो पेमा छिरि– सप्ताङ्ग प्रार्थना, लामा छिरिङ टाशि– चार चित्त निवृति, लोचावा पुण्य प्रसाद पराजुली– बौद्ध तथा अबौद्धको फरक, आचार्य थुब्तेन– घिसिङ क्षण र सम्पद्ले युक्त मानव चोलाको महत्व, लोपोन ञिमा छिरिङ– प्रणिधान तथा परिणामनाको विशेषता, आचार्य टीका शेर्पा– त्रिमूल पथ र आचार्य मिङमार– डाग्पा रेपा तथागतगर्भ बारेमा प्रवचन दिनु हुनेछ ।

बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन हो । बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको छ। गोष्ठीले नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्न तथा बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गर्न सहयोग गर्ने आयोजकको विश्वास छ ।

यसैगरी, गोष्ठीमा विशिष्ट धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका विद्वान्को सहभागिता रहने जनाईएको छ । केन्द्रले सुचना जारी गर्दै गोष्ठीमा सहभागी हुनका लागि नाम, ठेगाना र सम्पर्क नम्बरसहित दर्ता गराउन आयोजक समितिको कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्