30.1 C
Kathmandu

शिक्षाकाभ्रे तेमालको मैनाजाङ आधारभूत बिद्यालयलाई स्वीटर र शैक्षिक सामाग्री हस्तान्तरण

काभ्रे तेमालको मैनाजाङ आधारभूत बिद्यालयलाई स्वीटर र शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौ । काभ्रेको तेमाल स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागी जाडोमा लगाउनका लागि स्वीटर र शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । तेमाल गाउँपालिका वडा नं ९ चोपटार स्थित श्री मैनाजाङ आधारभूत बिद्यालयमा स्वेटर र शैक्षिक सामाग्री वितरण कार्यक्रम २०८० राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई जाडो महिनामा चिसोबाट जोगीनका लागी न्यानो स्वीटर वितरण गरेका हुन् । सामाजिक अभियान्ता शिल्पा तामाङको नेतृत्वमा चर्चित कोरियन गायक भि.को जन्मदिनको अवसर पारेर किम तेह्यङु नेपालद्वारा स्वीटर वितरण गर्नुका साथै समाजसेवी प्रेम तामाङद्वारा शैक्षिक सामाग्री स्वयम् उपस्थिति भएर तेमाल ९ का वडाध्यक्ष चन्द्रबहादुर लामा र बिद्यालयका प्रधानाध्यापक डिलबहादुर दोङलाई हस्तान्तरण गरेको हो।

उक्त स्वीटर र शैक्षिक सामाग्री हस्तान्तरण गर्न तेमाल पुगेका अभियान्त तथा समाजसेवीको सिंगो टोलीलाई डुप्पा ने घु आमा समुहले सगुन र फूलमालाबाट स्वागत गरेका थिए। गायक तथा नायक कोरियाको हो तर उनलाई सांगीतिक क्षेत्रमा विश्व बजारमा प्रख्यात नामको रुपमा चिनिन्छ । उक्त स्वीटर र शैक्षिक सामाग्री वितरण समाजिक अभियान्ता तथा पत्रकार सुदिन दोङको पहलमा तेमाल ९ का बिद्यालयमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विशेष अतिथि तेमाल ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, प्रधानध्यापक डिलबहादुर दोङ अतिथि पहिलो तामाङ र्याप गायक उतर लामा (संगुल) राष्ट्रिय खेलाडी सागर घिसिङ, कामी सि तामाङ, विष्णुबहादुर तामाङ पत्रकारहरु छेडुप दोङ तामाङ, मिङ्मा योञ्जन र सुरेन तामाङ लगायत उपस्थिति रहेका थिए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्