9.1 C
Kathmandu

अन्तर्राष्ट्रियकोरियामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा गुन्जमान लामाले कायम राख्यो नेपालबाट पांचौ विजेता

कोरियामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा गुन्जमान लामाले कायम राख्यो नेपालबाट पांचौ विजेता

काठमाडौ । कोरियामा भएको प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता-२०२३ मा एक नेपालिले जित हांसिल गरेको छ । उक्त प्रतियोगिता जित्नेमा काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ५ ल्हास्कोटका गुन्जमान लामा हुन् ।

आज सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा अन्तराष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA) द्धारा आयोजना गरिएको पांचौ प्रवासी मजदुर कोरियन खुल्ला वक्तृत्वकला प्रतियोगितामा लामाले जित हांसिल गरेका हुन् । प्रतियोगितामा विभिन्न ८ वटा देशहरुबाट १७ जनाले भाग लिएका थिए । १७ जना सहभागिहरु मध्ये ३ जना नेपालि थिए । उक्त प्रतियोगितामा भाग लिने तिन जना नेपालिहरुमा गुन्जमान लामा, अर्जुन बहादुर मुक्तान र डम्बर ध्वोज लिम्बु रहेका थिए । प्रतियोगिता जितेका लामाले प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा द्धितयमा श्रीलङ्काका पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती हुन् भने तृतीय हुनेमा नेपालका अर्जुनबहादुर मुक्तान र किर्गिस्तानका असनोभ झनात रहेका छन् । उक्त प्रतियोगितामा भियतनामबाट ३ जना, श्रीलंक, म्यानमार, कम्बोडियाबाट २/२ जना, बंगलदेश, उर्जिस्तान, इन्डोनेसिया, मङ्गोलिया र किर्गिस्तानबाट १/१ जनाले भाग लिएका थिए । सबै सहभागीहरूले प्रमाणपत्रको साथमा प्रत्येकले नगद १/१ लाख वन प्राप्त गरेका छन् ।

विजेता भएका गुन्जमान लामा पहिलो पटक २०१५ मा कोरिया पुगेका थिए भने दोस्रो पटक २०२२ मा पुःन कोरिया पुगेका हुन । उनले कोरियामा उनको जीवन र नेपालकाो पर्यटनबारेमा समेत चर्चा गर्दै आफ्ना प्रस्तुति राखेका थिए । लामाले आफ्नो प्रस्तुति राख्ने क्रममा नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा, तिलिचो ताल लगायत अन्य पर्यटकिय क्षेत्रहरुको समेत वर्णन गर्दै ति क्षेत्रहरुको अवलोकन गर्न नेपाल भ्रमणको लागि समेत अनुरोध गरेका थिए ।

पाँचौँ प्रतियोगिता गुन्जमान लामाले जितेसँगै नेपालको तर्फबाट लगातार ५ पटक जित कायम भएको छ । यसअघि सङ्गे तामाङ, सानु शेर्पा, दुधबहादुर लामा, वायु पौडेलले  प्रतियोगिता जितेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्