25.1 C
Kathmandu

समाचारनेपाल तामाङ घेदुङ र उद्योग, पर्यटन तथा तामाङ व्यावसायीहरु बीच अन्तरकृया कार्यक्रम...

नेपाल तामाङ घेदुङ र उद्योग, पर्यटन तथा तामाङ व्यावसायीहरु बीच अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौ । नेपाल तामाङ घेदुङ उद्योग, पर्यटन तथा तामाङ व्यावसायी विभागको आयोजनामा एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बुधवार काठमाडौ चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङको संघिय कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तामाङ समुदायका विभिन्न उद्यमी, व्यापारी तथा व्यावसायीहरुको उपस्थिति रहनुका साथै एक अर्काले आफ्ना व्यावसायीक अनुभव र त्यससंग सम्बन्धित समस्याहरु र चुनौतीहरुको बिषयहरुमा समेत छलफल तथा अन्तरकृया भएको थियो । पहिलो पटक घेदुङको सभाहलमा सम्पन्न उद्योग, पर्यटन तथा व्यावसायीहरुसंग गरेको उक्त अन्तरकृया कार्यक्रममा विभिन्न व्यावसायहरुमा आवद्ध तामाङहरुलाई सानोतिनो समस्याहरुमा पनि राजनीतिक संरक्षण नभएको कारण कत्तिपय व्यावसायहरुमा समस्या आएको कुरा समेत सहभागीहरुले बताएका थिए ।

सहभागीहरुको जिज्ञासा तथा सुझावहरुलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोलेले यो प्रारम्भिक चरणको छलफलबाट निक्कै नै राम्रा र उपयोगी बिषयहरु उठान भएका छन् । तसर्थ आगामी दिनहरुमा पनि यस्ता छलफलका कार्यक्रमहरु बृहत रुपमा आयोजना गर्दै जाने बताएका थिए । सात हजार भन्दा बढि आजिवन सदस्यहरु रहेको तामाङ घेदुङ स्थापना काल देखि नै समुदायको लागि निरन्तर लड्दै आएको ६७ बर्ष पुगेको बताए । अध्यक्ष गोलेको अनुसार यत्ति पुरानो संस्था सायद आदिवासी समुदायमै नरहेको समेत बताएका थिए । तामाङहरुले अब आफ्ना ठाउँहरुमा पर्यटन प्रवद्र्धन गरेर आर्थिक विकास गर्नुपर्ने आवस्यकता रहेको बताउदै हाम्रा तामाङकै मौलिक खानाहरुलाई प्रवद्र्धन गरेर होटल होमस्टेहरु सञ्चालनमा ल्याउनसक्ने सम्भावना रहेको अध्यक्ष गोलेले बताए ।

देशभर छरिएर रहेका सम्पुर्ण उद्यमी, पर्यटन तथा व्यावसायीहरुको तथ्यांक संकलन गर्दै सबैलाई एकरुपतामा ल्याएर निरन्तर छलफल तथा परामर्श लिएर व्यापार, व्यावस तथा पर्यटन क्षेत्रमा विकास गर्दे आर्थिक क्रान्ति ल्याउन सकेमा राजनीतिक पहुुंच समेत बढ्ने अन्य व्यावसायीहरुले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्