21.1 C
Kathmandu

स्वास्थ्यमोडल पुर्णिमा थोकरको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग

मोडल पुर्णिमा थोकरको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग


काठमाडौ । ब्रेन स्ट्रोकको कारण लामो समयदेखि थला परेकी चर्चित मोडल पुर्णिमा थोकरको स्वास्थ्य उपचारको लागि विभिन्न देशहरुबाट संकलन गरि पठाएको रकम हस्तान्तरण गरेको छ ।

शनिबार तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तानले उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरेका हुन् । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं.३ चिमचोकमा जन्मेकी मोडल पुर्णिमा थोकर २०७९ साल माघ १ गते अचानक ढलेर अस्पताल पुर्‍याएका थिए । लामो समय अचेत अवस्थामा रहेका थोकरलाई ब्रेन स्ट्रोक भएको चिकित्सकले जानकारी दिएका थिए । उपचारको लागि शिक्षण अस्पतालमा लामो समय राखेर उनको स्वास्थ्यमा केही सुधार आए पनि अहिले उनि बोल्न र हिड्डुल गर्न नसक्ने अवस्थाम छिन् । शरिरको एक भाग चलाउन नसक्ने अवस्थामा रहेकि मोडल पुर्णिमा थोकर हाल तारकेश्वर नगरपालिका स्थित नमुना टोलमा दिदिसंगै रहेकी छिन् । अहिले दैनिक जसो थेरापि गर्दै आएकी थोकरको पछिल्लो समय मुटुमा समस्या देखिए पछि शल्यकृया सहित थप उपचारको लागि तामाङ चलचित्र संघ र चलचित्रकर्मीहरुले आन्तरिक रुपमा र विदेशमा रहेका सहयोगी मनहरुबाट आर्थिक संकलन गरि पठाएको रकम शनिबार थोकरको निवासमा पुगेर हस्तान्तरण गरेका थिए ।

अमेरिकाबाट नेपाली तारा एवम् चर्चित गायक सन्तोष लामाको समन्वयमा संकलन गरिएको एक लाख सत्तरि हजार आठ सय चौबिस (१,७०,८२४/–) रुपैयाँ र जापानबाट तामाङ समाज जापानका पूर्वअध्यक्ष रुबिना दोङ, समाजसेवी एल.बि.तामाङ र सुस्मा वाईबाको संयुक्त समन्वयमा संकलन गरिएको रकम एक लाख एक्काइस हजार पाँच सय बयानब्बे (१,२१,५९२/-), दक्षिण कोरियाबाट छेडुप मोक्तानले पाँच हजार र अन्य सात हजार गरि एक मुस्ट रकम तिन लाख चार हजार पाँच सय (३,०४,५००/-) रकम संघका अध्यक्ष द्धय नायक कुमार मोक्तानद्धारा हस्तान्तरण गरेका हुन् । यस अघि तामाङ चलचित्र संघ नेपालले पहिलो चरणको उपचारको क्रममा चलचित्रकर्मीहरुबाट संकलन गरि एक लाख छब्बिस हजार (१,२६,०००/-) दुबईबाट पासाङ शेर्पाले पठाएको पच्चिस हजार र नायिका रञ्जिता ब्लोनको समन्वयमा नर्वेबाट अजय लामाले पठाएको बिस हजार गरि एक मुस्ट रुपमा एक लाख एकहत्तर रुपैयाँ रकम हस्तान्तरण गरेका थिए । दोस्रो चरणको आर्थिक सहयोग संगै देश विदेशबाट विभिन्न व्यक्तिहरु र तामाङ चलचित्र संघको समन्वयमा संकलित सहयोग रकम चार लाख पचहत्तर हजार पाँच सय (४,७५,५००/-) पुगेको छ ।

शनिबार नगद हस्तान्तरणको लागि थोकरको निवास पुगेका तामाङ चलचित्र संघका अध्यक्ष मोक्तानले प्रवासमा रहेका सहयोगी मनहरुबाट संकलन गरि समुदायको एउटा कलाकारको उपचारको निमित्त आर्थिक सहयोग गर्ने सबै व्यक्ति व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै मोडल पुर्णिमा थोकरको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । अध्यक्षद्धय मोक्तानले थोरै समय प्रत्यक्ष रुपमा पुर्णिमा थोकर र उनको परिवारसंग बोल्दै अब छिट्टै मोडलिङ क्षेत्रमा पुर्णिमालाई फेरी पनि देख्न पाउने आशा समेत व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्