18.1 C
Kathmandu

मुख्य समाचारमलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा मन्त्री तीर्थ लामाको संलग्नता नरहेको भन्दै प्रेस...

मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा मन्त्री तीर्थ लामाको संलग्नता नरहेको भन्दै प्रेस विज्ञप्ति जारी

काठमाडौ । गत सोमबार त्रिभुवन विमानस्थलबाट बरामद गिरएको १ किलो अवैध सुन प्रकरणमा काभ्रे कांग्रेसको सभापति समेत रहेका तीर्थ लामाको कनेक्सन देखिएको समाचारहरु विभिम्न संचार माध्यमहरु मार्फत सार्वजनिक भएको छ ।

त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करी सञ्जालको प्रारम्भिक अनुसन्धानमा बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ बहादुर लामाको संलग्नता रहेको आधार भेटिएको भन्दै समाचारहरु आएपश्चात मन्त्री लामाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र जत्ति पनि संचार माध्यमहरु मार्फत आएको समाचारहरुमा कुनै पनि सत्यता नरहेको जानकारी दिएको छ । त्रिभुवन विमानस्थलबाट भाद्र २५ गते सुन जस्तो पहेंलो धातुको डल्ला ९६० ग्राम बरामद गरेको घटनामा दुई दिन देखि आफ्नो नाम समेत जोडेर केही अनलाईन संचार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको र कपोकल्पित, तथ्यहिन र पूर्वाग्राही ढंगले प्रकाशन गरिएको समाचारहरुले अत्यन्तै दुःखित तुल्याएको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

“आफु बागमती प्रदेश सरकारको मन्त्री र काभ्रे कांग्रेसको सभापतिको हैसियतमा धेरै जनसम्पर्कमा हुने र ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेको तस्बिर समेत राखेर समाचार प्रकाशित गरिनु  सामाजिक संजालमा अतिरन्जित बनाउनु  मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने र मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु ।” उनको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि उक्त सुन प्रकरणमा अभियुक्तबाट बरामद भएको क्रेटा गाडीबाट मन्त्री तीर्थ लामाले काटेको चेकसमेत भेटिएको बारे भने विज्ञप्तिमा केही कुरा उल्लेख गरिएको छैन ।

पछिल्लो पटक बरामद भएको १ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका- ३ घर भई पनौती नगरपालिका- ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका- ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका- ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्