25.1 C
Kathmandu

समाचारनेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा नेम्वाङ्को निधन भएको हो ।

हृदयघात भएपछि राति १ बजे उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको बताएको छ ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ इलामबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता तथा पार्टी उपाध्यक्ष समेत थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्