22.1 C
Kathmandu

समाचारलोकतान्त्रिक तामाङ संघले भव्यताका साथ मनायो १७ औं स्थापना दिवस

लोकतान्त्रिक तामाङ संघले भव्यताका साथ मनायो १७ औं स्थापना दिवस

काठमाडौं–लोकतान्त्रिक तामाङ संघले भव्यताका साथ आइतबार आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । संघले नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानममन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठान,च्यासलमा स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले १७ औं वर्षको इतिहास बनाएको लोकतान्त्रिक तामाङ संघलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले तामाङ समुदायले भोग्दै आएको उत्पीडनका आवाज शसक्त ढंगले उठाउने र पार्टी संगठनलाई पनि बलियो बनाउँदै जानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘विभेद,शोषणका विरुद्ध जसरी आवाज उठाउँछौं,त्यसरी नै आफ्ना विषय सम्बोधन गर्ने पार्टी बलियो बनाउन एमालेका नीति,कार्यक्रमसाथ संगठन बलियो बनाउने दोहोरो जिम्मेवारीसाथ तपाईंहरु अघि बढ्नुपर्ने छ ।’
नेता पोखरेलले मुलुक अल्पसंख्यकहरुको देश भएको स्पष्ट पार्दै सामाजिक सद्भाव र एकताबाट नै अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले अहिले समाजलाई फुटतिर लैजाने खतराको खेलमा वर्तमान गठबन्धन सरकारनै उद्धत रहेको आरोप लगाउनुभयो ।
०८४ को चुनावमा आफूलाई भोट हालेमा सबै जाताजतिको नाममा राज्य बाँड्ने कुरा माओवादी केन्द्रले गरेको भन्दै उहाँले यसले बहुजातिय,बहुसांस्कृतिक,बहुधार्मिक समाजमा द्धन्द निम्तिने तर्क गर्नुभयो । कोशी प्रदेशको नामाकरणका सन्र्भमा माओवादीले यस खालको कुरा गरेर जनतालाई गलत तरिकाले उचाल्न खोजेको पोखरेलको भनाई छ । कोशी प्रदेश नामाकरण जनताकै मत लिएर आएको प्रदशेसभाले गरेको विषय हो भन्दै उहाँले नेकपा एमालेका नेताहरुको कुनै पनि दबाबमा त्यसो नभएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संस्थापक एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लोकतान्त्रिक तामाङ संघ १७ औं वर्षमा आइपुग्नु खुशीको कुरा रहेको बताउनुभयो । संस्थापक अध्यक्ष स्वर्गीय विरबहादुर तामाङको योगदानको स्मरण गराउँदै उहाँले नेकपा एमाले तामाङ लगायत आदिवासी जनजातिहरुको विरोधी पार्टी नभएको कुरा इतिहासले पुष्टि गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘नेकपा एमालेलाई तामाङ लगायत आदिवासी जनजाति विरोधी पार्टीको रुपमा व्याख्या गर्न खोजिरहेका छन्,यसलाई हामीले चिर्न जरुरी छ,नेपालका आदिवासी जनजाति लगायत उत्पीडित समुदायको पक्षमा हिजोदेखि एमालेले खेलेको भुमिका जनतामाझ बुझाउन आवश्यक छ ।’
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले नेपालका उत्पीडित सबै जाति,धर्म,समुदायको पक्षमा नेपालको संविधान २०७२ मा सुनिश्चित गरिएको संघीयता,धर्म निरपेक्षता,समानुपातिक समावेशीता,मिश्रित निर्वाचन प्रणाली जस्ता व्यवस्थाका लागि एमालेले मुख्य रुपमा भुमिका खेलेको दाबी गर्नुभयो ।
पहिलो संविधानसभा निर्वाचनपछि आदिवासी जनजाति सभासद सभा९ककस०,आदिवासीहरुको अधिकार सम्बन्धि आइएलओ १६९ अभिसन्धी पारित जस्ता काममा एमालेका नेताहरुले नेतृत्वदायी भुमिका खेलेको उल्लेख गनुृभये । उहाँले मुलुकमा एमाले बलियो भए मात्रै सबै जातजाति,वर्ग,समुदायको उत्थान हुने कुरा यसबाट स्पष्ट रहेको बताउनुभयो । यस कारण पनि सबै तामाङहरु एमालेमा संगठित हुनुपर्ने र यसमा लोकतान्त्रिक तामाङ संघले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य शेर बहादुर तामाङ,केन्द्रिय सदस्य दावा तामाङ लगायतका नेताहरुले पनि शुभकामना व्यक्त गर्दै तामाङ मुक्ति एवं मुलुकको समृद्धिका लागि लोकतान्त्रिक तामाङ संघले सबै तामाङहरुलाई एक गराउन आवश्यक रहेको बताउनुभयो ।
लोकतान्त्रिक तामाङ संघका अध्यक्ष दावा दोर्जे लामाले तामाङ लगायत आदिवासीहरुको मुद्धा एमालेले आफ्नो नीति,कार्यक्रमअनुसार सम्बोधन गर्न सक्षम रहेको बताउनुभयो । विगत इतिहासदेखि वर्तमान अवस्थासम्म एमालेले खेलेको भुमिकाबाट पनि यो कुरा स्थापित गरेको धारणा राख्दै आफूहरु लोकतान्त्रिक तामाङ संघलाई केन्द्र,प्रदेश हुदै घरघरमा पुर्याउने अभियानमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संघका सचिव मान बहादुर लामाले संघको घोषणापत्र संक्षिप्त रुपमा प्रस्तुत गर्नुभएको थियो । संघले केहि दिन अघि अधिवक्ता भगवती पाण्डेले एक सञ्चार माध्ययममा दाजुबहिनीबीच तामाङ,मगर,मुस्लिम समुदायमा बिबाह चल्छ,यसले मानिसलाई आपराधिक मानसिकतातिर धेकेल्ने काम गर्छ भन्ने अभिव्यक्ति दिएर आफूहरुको संस्कृति र अस्तत्विमाथि धावा बोलेको भन्दै भत्र्सना गरेको छ । यसबारे आफ्ना कुरा राखेर शान्तिपूर्ण प्रदर्शनमा सहभागि भएका तामाङहरुलाई अमानविय ढंगले वल प्रयोग गरेका प्रहरी अधिकृत दानबहादुर कार्की समेतलाई कारबाही गर्न संघले माग गरेको छ । संघले देशको पुर्वि क्षेत्रमा प्रदेशको नामाकरण,गोरुको मासु खाएको जस्ता विषय विषयान्तर गर्दै साम्प्रदायिक द्धन्दको अवस्था सिर्जना गर्ने खेल हुन थालेकोमा चिन्ता व्यक्त गर्दै समाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ ।
आफ्नो मौलिक भेषभुषा तथा झांकीसाथ सहभागि कार्यक्रममा छेवाङ तेन्जिङ लामा,धावा वाङगेल मोक्तान,हरि योञ्जनका साथै रसुवाका स्थानीय कलाकारहरुले आ–आफ्ना मौलिक संस्कृतिप्रधान प्रस्तुती दिनुभएको थियो । सम्पूर्ण तामाङहरुको राष्ट्रिय एकता,संस्कार संस्कृति सहितको पहिचान आजको आवश्यकता भन्ने मुल नाराका साथ भएको कार्यक्रममा तामाङ जातिको पहिचान आफ्नो कलामार्फत पस्किनुभएको हो । स्थापना दिवस समारोहकैबीच लोकतान्त्रिक तामाङ संघको स्थापना दिवस लगायतका कार्यहरुमा महत्वपूर्ण सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रमुख अतिथिबाट सम्मानपत्र प्रदान गरिएको थियो ।
तामाङ जातिको मुक्ति तथा समग्र मुलुककै विकास,समृद्धिका लागि तामाङहरुलाई एमालेमा एकताबद्ध गराउन भुमिका खेल्ने उद्धेश्यले २०६३ सालमा नेकपा एमालेको विचार निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको घटक संगठनको रुपमा स्थापना भएको लोकतान्त्रिक तामाङ संघले भव्य रुपमा आफ्नो स्थापना दिवस मनाएको महासचिव कृष्ण लामाले बताउनुभयो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्