18.1 C
Kathmandu

खेलकुदनिरोज दोङको सम्झनामा 'दोङ स्मृति कप' फुटसल प्रतियोगीता

निरोज दोङको सम्झनामा ‘दोङ स्मृति कप’ फुटसल प्रतियोगीता

काठमाडौं । सडक दुर्घटनामा ज्यान गुमाएका १८ बर्षिय निरोज दोङको सम्झनामा ‘दोङ स्मृति कप’ खुल्ला फुटसलको आयोजना गरिने भएको छ । मृतक दोङ अवद्ध संस्था काभ्रेली बोइज क्लवले उक्त फुटसलको आयोजना गरिने भएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं.९ मा बुबा रोज बहादुर दोङ र आमा कान्छीमाया को कोख बाट जन्मेका निरोज दोङको गत जेठ २० गते सडक दुर्घटनामा मृत्यु भएको थियो । उनि सवार स्कुटर र विपरीत दिशबाट आएको मोटर साईकल एक आपसमा ठोकिएर दोङको निधन भएको थियो । १८ बर्षको लाउँलाउँ–खाउँखाउँको उमेरमा नै ज्यान गुमाएका उनै दोङको सम्झनामा ‘दोङ स्मृति कप’ फुटसलको आयोजना गरिएको आयोजक क्लवले नमोबुुद्ध न्यूजलाई जानकारी दिएको हो ।

आफैमा फुटवलप्रेमी र एक कुशल फुटवलर समेत रहेका निरोजको सम्झनामा खुल्ला फुटसल भाद्र १ गते हुने भएको छ । बनेपा स्थित एस.आर फुटसलमा आयोजना गरिएको उक्त खुल्ला फुटसल प्रतियोगीतामा प्रथम हुनेका लागी रु.२० हजार र दोस्रो हुनेका लागी रु.१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले बताएको छ । ”विशेष गरी पुरस्कार भन्दा पनि महत्वपूर्ण विषय भनेको हाम्रो लागी मृतक निरोजको आत्माले शान्ति मिलोस भन्ने नै रहेको छ । तसर्थ उनैको सम्झनामा प्रतियोगीता आयोजना गरिएको” काभ्रेली बोइज क्लवका एक सदस्यले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्