22.1 C
Kathmandu

अन्तर्राष्ट्रियमाल्टामा जनप्रगतिशिल मन्च गठन, सचीवमा अशिम लोप्चन

माल्टामा जनप्रगतिशिल मन्च गठन, सचीवमा अशिम लोप्चन

काठमाडौं । माल्टामा जनप्रगतिशिल मन्च गठन भएको छ । जनप्रगतिशिल मन्च सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन हो ।

बुधबार सम्मपन्न भेलाबाट १४ सदस्यीय कमिटी गठन गरिएको नव निर्वाचित सचिव अशिम लोप्चनले नमोबुद्ध न्यूूजलाई जानकारी दिएको छ । भेलाको प्रमुख अतिथि जनप्रगतिशील मंच युएईका युवा संयोजक तथा एनाअरएनका सचीव राजेन्द्र रोस्यारा रहेका थिए । उक्त भेलाबाट नारायण प्रसाद अधिकारीको संयोजकत्वमा १४ सदस्यीय कमिटी गठन गरेको हो । तयसै गरि सचिवमा अशिम लोप्चन तामाङलाई छनौट गरिएको हो ।

सदस्यहरुमा भने बिक्रम अधिकारी, अर्जुन न्यौपाने, बिनय बुढाथोकी, दिनेश नागरी, सुरेन पाठक, अम्बिका सापकोटा अधिकारी, बिस्णु चापागाईं, सरोज सुवेदी, राम पन्थी, बिपिन मल्ल, रुद्र कार्की, अशुन दर्लामी रहेका छन् ।

नव गठित यो कमिटीले छ महिना भित्र मंचको अधिवेशन गर्ने र माल्टामा विभिन्न पेशा व्यवसाय गरेर बसोबास गर्ने माओवादी केन्द्रप्रती आस्था र विश्वार गर्नेव्यक्तिहरुलाई मंचमा आवद्ध गर्दै जाने सचिव लोप्चनले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्