23.1 C
Kathmandu

समाचारसर्वोच्च शिखर सगरमाथामा नेपाल तामाङ कलाकार संघको झण्डा

सर्वोच्च शिखर सगरमाथामा नेपाल तामाङ कलाकार संघको झण्डा

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा नेपाल तामाङ कलाकार संघको झण्डा फहराएको छ । बिहिबार नेपाल तामाङ कलाकार संघका सदस्य सेन्साई पेमा लामा वाईबाले विश्वकै अग्लो शिखर सगरमाथामा संघको झण्डा फहराएका हुन् ।

बिहिबार बिहान ८ बजेर १८ मिनेटको समयमा वाईबाले सर्वोच्च शिखर सगरमाथा ८,८४८.८६ मिटर सफलतापूर्वक आरोहण गरेका हुन् । नेपाल तामाङ कलाकार संघले संघको सदस्यले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नुका साथै संघको झण्डा विश्वकै अग्लो शिखर सगरमाथामा फहराएर संस्थाको गरिमा बढाएकोमा वाईबलाई बधाई तथा शुभकामनाका साथै धन्यवाद ज्ञापन गरेका छन् ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरि थाङ्पाल गाउँपालिका वडा नं.३ यर्सामा बुबा च्यान्टु तामाङ र आमा बिन्दी डोल्मा तामाङको कोखबाट जन्मेका पेमा टासि तामाङलाई सेन्साई पेमा वाईबाको नामले चिन्ने गरेको छ । गायक, चलचित्र निर्माता तथा भिडियो ग्रफरमा समेत अब्बल क्षमता बोकेका उनि नेपाल तामाङ कलाकार संघका सदस्य समेत रहेका छन् ।

फिल्म निर्माण लगायत अन्य विभिन्न बिधामा प्रशिक्षण प्राप्ता उनि विभिन्न अवार्डहरुबाट समेत अवार्डडेट भएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्