17.1 C
Kathmandu

समाचारघेदुङभित्र पार्टीगत हस्तक्षप नगर्न अध्यक्ष मोहन गोलेले सबैलाई गरे आग्रह

घेदुङभित्र पार्टीगत हस्तक्षप नगर्न अध्यक्ष मोहन गोलेले सबैलाई गरे आग्रह

काठमाडौं नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले राजनितिक गुटबन्दीका कारण घेदुङलाई कमजोर बनाएको भन्दै पार्टीगत रुपमा हस्तक्षप नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । नेपाल तामाङ घेदुङको संघीय कार्यलयले काठमाडौंमा शनिवार आयोजना गरेको सल्लाहाकारसँगको भेटघाट, छलफल तथा ‘छार म्हेन्दो’ स्मारीका विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गोलेले घेदुङभित्र कसैले पार्टीगत राजनितिक हस्तक्षप नगर्न अनुरोध गर्दै तामाङले तामाङ समुदायको सामाजिक, आर्थिक र राजनितिक उत्थानका लागी तामाङ राष्ट्रिय मुक्ति क्रान्तीको विकल्प नभएको बताएको छ ।

तामाङ मातृभाषा शिक्षा कार्यक्रम विभिन्न १० ओटा पालिकाका केही सामुदायिक विद्यालयहरुमा लागुभइसकेको र केही विद्यालयमा लागु गर्न/गराउन घेदुङले पहल गरीरहेको अध्यक्ष गोलेले बताए । उनका अनुसार तामाङ समुदायको उत्थानका लागि गाउँ गाउँमा घेदुङ अभियान सञ्चालन गरी अगाडी बढ्नुपर्ने छ ।

यस्तै कार्यक्रममा सल्लाहाकार तथा पुर्व अध्यक्ष पर्शुराम तामाङले तामाङ समुदायको साझा मुद्धालाई निश्वार्थ भएर घेदुङले उठाउनुपर्ने बताए। नेपाल तामाङ घेदुङ तामाङ समुदायको एक मात्र राष्ट्रिय साझा सँस्था भएकाले दलिय भागबण्डा गर्न नहुने भन्दै निश्वार्थ रुपमा तामाङ समुदायको साझा मुद्धामा केन्द्रित हुन समेत आग्रह गरेका थिए । सल्लाहाकार तथा पुर्वमन्त्री दावा तामाङले ग्रेन गे दिम खरिद अभियानलाई तिब्र रुपमा अगाडी बढाउनुपर्ने उल्लेख गर्दै ग्रेन गे दिम खरिद अभियानमा सवै सल्लाहाकार तथा कार्यसमितिले आ—आफ्नो दायित्व पुरा गरे अभियान सफल हुने बताए । यस्तै पुर्वराज्यमन्त्री तथा सल्लाहाकार पर्शुराम तामाङले भवन खरिद अभियानमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउंदै ग्रेन गे दिम खरिदका लागि घेदुङले हाल सम्म ५७ लाख ६१ हजार ४ सय ६५ रुपैया आर्थिक संकलन भएको जानकारी दिएका थिए । यस्तै कार्यक्रममा बोल्दै सल्लाहाकार शान्ती पाख्रीनले तामाङ जातीको एकिन तथ्यांक संकलनका लागि नामको पछाडी तामाङ अनिवार्य लेख्ने लेखाउने अभियान तामाङ घेदुङले चलाउनुपर्ने सुझाव दिएका थिए । तामाङ समुदायको साँस्कृतिक तथा सामाजिक कार्यहरुमा महिलाको सहभागिता न्यून रहेको भन्दै उनले समान सहभागिताका लागि सृजनात्मक अभियान चलाउन घेदुङलाई आग्रह गरेका थिए । कार्यक्रममा सल्लाहाकार जय प्रसाद गोले र अधिबक्ता तथा सल्लाहाकार डा. कुन्साङ योन्जनले नेपाल तामाङ घेदुङको वेबसाइटमा घेदुङले गरेका सम्पुर्ण गतिविधिलाई राखेर सबैले हेर्न र पढ्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नवौ महाधिवेशन पछि भएका कार्यसमिक्षा तथा आगामी दिनका लागी सुझाव संकलनका साथै बैंककमा हुने अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपाल तामाङ घेदुङको भुमिकाको विषयमा छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको सहअध्यक्ष कुमार घिसिङले बताएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्