23.1 C
Kathmandu

स्थानिय समाचारआइतबार रातिको वर्षापछि बाढीसंगै आएको लेदोले काभ्रेमा एक घर पुरिए

आइतबार रातिको वर्षापछि बाढीसंगै आएको लेदोले काभ्रेमा एक घर पुरिए

काठमाडौ । आइतबार राति परेको बर्षाको कारण काभ्रे पलाञ्चोक जिल्ला रोशी गाउँपालिका अन्तर्गत चिउरिबासमा एक घर लेदोले पुरिएको छ । रातभरि परेको बर्षाको कारण बाढिसंगै आएको लेदोले रोशि गाउँपालिकाका विभिन्न ठाउँमा सडक समेत अबरुद्ध भएको थियो ।

बाढिसंगै आएको लेदोले स्थानीय क्षेत्र बहादुर लामाको घर पुरिए संगै लामाको घरमा रहेका २ वटा खसी, ३ वटा बाख्रा संगै खाद्यन्न, लत्ताकपडा र भाँडाकुडाहरु समेत पूर्ण रुपमा पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशि गाउँपालिका अन्तर्गत कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका छन् । बाढिसंगै आएको लेदोको कारण रोशी गाउँपालिका अन्तरगत विभिन्न् ठाउँमा विपिराजमार्ग अबुरुद्ध भएको थियो ।

अहिले सडकको लेदो हटाएर सवारी आवतजावत सहज बनाइएको छ । काभ्रेको रोशी क्षेत्रमा बर्षेनि बर्षात संगै विपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्