24.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्ध ९ गहतेमा बन्यो ४३ फिट अग्लो पद्मसम्भव (गुरु रेम्पोछे) को प्रतिमा

नमोबुद्ध ९ गहतेमा बन्यो ४३ फिट अग्लो पद्मसम्भव (गुरु रेम्पोछे) को प्रतिमा

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न गुरु रेम्पोछेको मुर्ति सोमबार मोलम पुजा पाठ (ह्राप्ने) सहित औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

आर्थिक बर्ष ०७५/०७६ देखि नगरपालिका र वडाको बजेट सिलिङबाट निर्माण कार्य थालनि गरिएको उक्त मुर्ति सम्भवतः काभ्रे जिल्लाकै अग्लो मुर्ति हुन सक्ने समेत निर्माण उपभोक्त समितिले जनाए । बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको उक्त मुर्तिको सोमबार लामा गुरुबाट पुजा पाठ सहित उद्घाटन हुँदा स्थानीय वडाबासिले खुसी व्यक्त गरेका थिए । गुरु रेम्पोछेको मुर्ति उद्घाटन कार्यक्रममा सहभागी एकले भने–”पहिला स्याल कराउने जंगलमा अहिले यस्तो राम्रो मुर्ति बनेको छ हामी त साह्रै खुसी छौं । यो सबै बन्नु गाउँमा राम्रो नेता हुनाले हो ।”

विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, प्रतिमा निर्माण स्थलमा पर्खाल निर्माणको लागि थप २५ लाख विनियोजन भएको थियो ।
प्रतिमामा सोमबार प्राण प्रतिष्ठान गरिएको छ । धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रुपमा प्रतिमा अनावरण गर्नुभयो । नगर प्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधार निर्माण समेत गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन गर्ने बताउनुभयो । धर्मगुरु रिम्पोछेले गुरु पद्यसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गरे ।

आफ्नो कार्यकालमा निर्माण गरिएको उक्त मुर्ति अहिले उद्घाटन गर्न पाउँदा जीवनमै पहिलो पटक धेरै खुसी भएको पूर्ववडाध्यक्ष मेघ बहादुर लामाले बताए । उनका अनुसार जे–जत्ति बाँकि संरचनाहरु बनाउन आवश्यक छ अवका स्थानीय सरकारले पूर्ण गर्नेछन् भन्ने कुरामा समेत विश्वस्त रहेको बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्