23.1 C
Kathmandu

समाचारपर्यटन मन्त्री सुदन किराँतीको  साथमा वाइसीएल नेपाल कुचो र झाडु बोकेर पशुपति...

पर्यटन मन्त्री सुदन किराँतीको  साथमा वाइसीएल नेपाल कुचो र झाडु बोकेर पशुपति सरसफाइमा

काठमाडौं । पर्यटन मन्त्रीको साथमा कुचो र झाडु बोकेर वाइसीएल नेपाल पशुपति सरसफाइमा लागेका छन । पर्यटन मन्त्री सुदन किराँती स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति’ भन्ने मुला नारा बोकेर केही दिन यत्ता प्रत्येक शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरु गरेको अभियानमा वाइसीएल नेपाल सहभागी भएका छन् ।

माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल(वाइसीएल) का अध्यक्ष सुबोधराज शेर्पालीको नेतृत्वमा मन्त्री किराँतीले संचालन गरिरहेको उक्त सरसफाइ अभियानमा वाइसीएलको टोली सहभागी भएका थिए । 

पशुपतिको करातेश्वर आसपासमा विहान ठिक ०८:०० बजेदेखि १०:३० सम्म वाइसीएलका दर्जनौं नेता कार्यकर्ताहरु कुचो र झाडु बोकेर त्यहाँ पुगेको वाइसीएल प्रचारप्रसार विभाग प्रमुख नवराज आयरले जानकारी दिए ।

मन्त्री किराँतीले शुरु गरेको तीन महिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक देखिएको छ । यस अभियानमा सरसफाइ संगै वृक्षरोपण समेत गरिएको छ । प्रत्येक शनिवार बिहानको समयमा गरिने यो अभियान फागुन २८ गतेदेखि शुरु गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्