24.1 C
Kathmandu

शिक्षाकानपुर मा.वि.को अभिभावक भेला सम्पन्न, अध्यक्षमा अमर ध्वज तामाङ

कानपुर मा.वि.को अभिभावक भेला सम्पन्न, अध्यक्षमा अमर ध्वज तामाङ

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ कानपुरस्थित श्री कानपुर मा.वि.को अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अभिभावक भेलाबाट अमर ध्वज तामाङको नेतृत्वमा नौं सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

शुक्रबार सम्पन्न अभिभावक भेलाको प्रमुख अतिथि नमोबुद्ध नगरपालिका वडा नं.५ का वडाध्यक्ष सुरे तामाङ रहेका थिए । वडाध्यक्ष तामाङले सर्वसम्मत रुपमा चयन भएका विद्यालय व्यवस्थापन समितिका सिङ्गो टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयमा गुणस्तरीय शिक्षा हाँसिल गर्न गराउनको निमित्त सँधै लागि पर्नका लागि समेत सुझाव दिएका थिए ।
काभ्रेकै विभिन्न ठाउँहरुमा भने केही विद्यालयहरुमा व्यवस्थापन समितिका अध्यक्षका लागि तछाड मछाड र राजनितिकरणका कारण अध्यक्ष चयन गर्न नसकिदा विद्यालयमा समस्याहरु आएको समाचार समेत विभिन्न सञ्चारमाध्यहरुमार्फत आएका छन् । यद्यपि कानपुर मा.वि मा भने सर्वसम्मत रुपमा विवाद रहित तवरले विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।

अभिभावक भेलाबाट चयन भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा अमरध्वज लामा, सदस्य सचिव (प्र.अ.) प्रशान्त बहादुर लामा, सदस्यहरुमा नित्य सिं तामाङ,राम हरि पौडेल, आस्था माया तामाङ, चाहना मोक्तान, फूल कुमारी तामाङ
पदेन सदस्य (जन प्रतिनिधि) शेर बहादुर तामाङ, शिक्षक प्रतिनिधि (बाँकी) रहेका छन् ।

”विद्यालय व्यवस्थापन टिमभित्र इतिहासकै पहिलोपटक अमरध्वज तामाङ जस्तो उमेरले कान्छो सदस्यले नेतृत्व गरेको छ, टिमभित्र ३५ बर्ष भन्दा मूनि समूहका सदस्यहरु अधिकतम रहेकोछ । यत्ति मात्र नभएर यसै विद्यालयमा लामो समय देखि शिक्षण अनुभव समेत सम्हालेका देखि नयाँ पुस्तासम्मको टिम व्यवस्थापन समितिमा रहेको हुँदा मलाई लाग्छ, हामीले अबको ५ बर्षमा केहि नयाँ उपलब्धि दिन सक्छौँ, यद्यपि हामीलाई समुदाय र अभिभावकहरुको सहयोग हरेक क्षेत्रमा अनिवार्य छ ।” विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव(प्र.अ) प्रशान्त बहादुर लामाले भने ।

त्यसै गरि वि.व्य.स.का नव अध्यक्ष अमर ध्वज लामाले नमोबुद्ध न्यूजसंग गरेको संवादमा भने– ”कानपुर मा.वि.लाई नगरकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा हामी लाग्छौं, तर उत्कृष्ट विद्यालय बनाउन सम्पूर्ण अभिभावकहरुको महत्वपुर्ण भुमिका रहनेछ, पछिल्ला समय सामुदायीक विद्यालयहरुको शैक्षिक स्तर खस्किदो र विद्यालयमा विद्यार्थी संख्या पहिलेका तुलनामा घट्दै गएकोमा हाम्रो ध्यानाकर्षण भएकोछ । मेरो तिन बर्षे कार्यकालमा शैक्षिक गुणस्तरको लागी आवश्यक पहल गर्ने, प्राविधिक शिक्षामा विशेष जोड दिने, विद्यालयको भौतिक संरचनाको संरक्षण गर्दै आवश्यक संरचना निर्माणको लागि सम्बन्धित निकायसंग संमन्वय गर्ने, विद्यालको आर्थिक भौतिक लगायतका पक्षलाई मजबुत बनाउने” उदेश्य रहेको बताए । संवादमा उनले थपे– ”हाल विद्यालयमा विषयगत शिक्षकहरुको अभावका कारण पठन पाठनमा समस्या रहेको हुंदा यसलाई आवश्यक पहल कदम गरि शैशिक गुणस्तरमा नै जोड दिनेछौं ।”

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्