24.1 C
Kathmandu

समाचारअराजक गतिविधीको प्रतिवाद गर्न तयारी अवस्थामा रहन युवा संघलाई अध्यक्ष थेबेको निर्देशन

अराजक गतिविधीको प्रतिवाद गर्न तयारी अवस्थामा रहन युवा संघलाई अध्यक्ष थेबेको निर्देशन

काठमाडौं । व्यक्तिको स्वतन्त्रता माथि निर्मम प्रहार गर्ने अपराधिक कृयाकलाप तथा विभिन्न खालका अराजक गतिविधीहरुको सशक्त प्रतिवाद गर्न तयारी अवस्थमा रहन राष्ट्रिय युवा संघ नेपाललाई संघका अध्यक्ष क्षितिज थेबेले निर्देशन दिएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको कार्यक्रममा जाने क्रममा झापाको बुधबारेमा अवान्छित नाराजुलुस लगाई अपराधिक तवरले ढुङ्गामुडा प्रहार लगायतका कृयाकलाप गरिएको भनि राष्ट्रिय युवा संघ नेपालले बुधवार एक विज्ञपप्ती निकाल्दै युवा संघलाई त्यसको प्रतिकार गर्न तयारी अवस्तथामा रहन निर्देशन दिएको हो । ”राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र जनजीविकाको अन्दोलनमा आफ्नो सिङ्गो जीवन समर्पण गर्नुभएका ‘समृद्ध नेपाल, सुखी नेपाली’ का नायक माथी अलोकतान्त्रिक तवरले हमला गरिनु नेपाली जनता माथिको गम्भिर प्रहार हो ।” यस्ता गतिविधीको नियन्त्रण गर्न र व्यक्तिको स्वतन्त्रता माथि निर्मम प्रहार गर्ने अपराधिक क्रियाकलापमा संलग्न अपराधिक झुण्डालाई यथाशिघ्र पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग सहितको विषय वस्तुहरु प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले बुधार जारी गरिएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा वली विरुद्ध झापा स्थित बुधबारेमा नारा जुलुस मात्र नभएर अराजक एंव उच्छृङखल गतिविधी गर्नुका साथै अपराधिक तवरले ढुगामुडा समेत प्रहार गरेको जानकारी दिएको छ । उक्त प्रेस विज्ञप्ती मार्फत अध्यक्ष क्षितिज थेबेले यस्ता खालका अराजक गतिविधीको कडा रुपमा प्रतिवाद गर्न तयारी अवस्थामा रहन युवा संघ नेपाललाई निर्देशन दिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्