29.1 C
Kathmandu

समाचारसंबिधान सभा सदस्य एवम् पूर्वमन्त्री रेशम लामाले गरे निर्वाचन खर्च विवरण सार्वजनिक

संबिधान सभा सदस्य एवम् पूर्वमन्त्री रेशम लामाले गरे निर्वाचन खर्च विवरण सार्वजनिक

काठमाडौ । संबिधान सभा सदस्य एवम् पूर्वमन्त्री रेशम लामाले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भएको आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । लामा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका थिए ।

पूर्वमन्त्री लामाले निर्वाचन आयोगको प्रावधान अनुसार अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र नै २०८९ पौष ५ गते जिल्ला निर्वाचन कार्यालय काभ्रेमा आफ्नो निर्वाचन खर्च विवरण बुझाईसकेका थिए । यद्यपि उनले यस अघि सामाजिक संजाल तथा संचारमाध्यममार्फत भने खर्च विवरण सार्वजनिक गरेका थिएन । निर्वाचन आयोगको नेपालको अफिसियल वेबसाइटमा सार्वजनिक भएको नामावलि अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण पेश नगर्नेमा काभ्रेको केही निर्वाचित माननिय र केही पराजित भएका उम्मेद्वारहरु रहेको देखिन्छन् । वेबसाइटमा ३५ दिनभित्र निर्वाचन खर्च निर्वाचन आयोसमक्ष बुझाउने र नबुझाउने उम्मेद्वारहरुको नामावली यस अघि नै सार्वजनिक गरिसकेका छन् ।

लामाले जिल्ला निर्वाचन कार्यालयमा बुझइएको निर्वाचन खर्च विवरण अनुसार जम्माजम्मी रु.६,५३,९५०/– (आक्षरुपि छ लाख त्रिपन्न हजार नौँ सय पचास रुपैयाँ मात्र) उल्लेख गरिएको छ । निर्वाचन खर्चमा लामाले सबैभन्दा धेरै गोष्ठी अन्तर्कृयामा दुई लाख नब्बे हजार खर्च गरेका छन् । त्यसै गरि सवारी साधनमा दुई लाख दश हजार, प्रचार प्रसार सामाग्रीमा एक लाख तेह्र हजार र कार्यालय खर्चमा चालिस हजार नौँ सय पचास रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।

निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र निर्वाचन खर्च निर्वाचन आयोग समक्ष बुझाउने र नबुझाउने उम्मेद्वारहरुको नामावली निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा हेर्न सकिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्