23.1 C
Kathmandu

समाचारबागमती प्रदेश सरकारमा भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पाएन पूर्णता !

बागमती प्रदेश सरकारमा भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पाएन पूर्णता !

काठमाडौं । सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन रहेका छन् । प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना बढि रहेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले केहि दिन अघि कांग्रेसबाट प्रतिनिधिमुलक कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र तीर्थ लामालाई मन्त्री नियुक्त गरे । भागबण्डाको विषय नटुङ्गिएका कारण कांग्रेससहित अन्य दलबाट सरकारमा मन्त्री पठाउन सकिएको छैन । जसका कारण सरकार अपूर्ण छ ।
सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चर्को मतभेद रहेको छ । दुवै दल आ–आफ्नो नेतृत्वमा सरकार बनाउन माग गर्दै केन्द्रमा लबिङ गरिरहेका छन् । तर, केन्द्रले सरकारको नेतृत्वको विषय तत्काल टुङ्ग्याउने अवस्था देखिँदैन ।

एमाले सहितको तत्कालीन सत्ता गठबन्धन भत्किएर नयाँ समीकरण निर्माण हुँदा कांग्रेस र माओवादी केन्द्रबीच एक सहमति बनेको थियो । मौखिक रुपमा बनेको उक्त सहमतिका कारण सरकार विस्तार र पूर्णतामा समस्या देखिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्