19.1 C
Kathmandu

समाचारखुल्ने भयो तातोपानी नाकाबाट निर्यात, चीन र नेपालबीच सहमति !

खुल्ने भयो तातोपानी नाकाबाट निर्यात, चीन र नेपालबीच सहमति !

काठमाडौ । सिन्धुपाल्चोकको भोटेकोशी हुंदै चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।

मंगलबार नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक सम्पन्न भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार छलफलबाट चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको छ ।

चीन पक्षका अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना निमार्णाधीन रहेको जानकारी दिएका थिए । बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए ।

२०७२ सालको महाविनाशकारी भूकम्पको कारण बन्द रहेको उक्त नाका हालसम्म पनि बन्द नै रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्