20.1 C
Kathmandu

समाचारलामिछानेका गाडी चालक दिलबहादुर थापा ३ तले घरको छतबाट खसेर गम्भीर घाइते

लामिछानेका गाडी चालक दिलबहादुर थापा ३ तले घरको छतबाट खसेर गम्भीर घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सोमबार विहान ४ बजेतिर लामिछाने बस्दै आएको भरतपुर महानगरपालिका-११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चितवन  २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार लामिछानेका गाडी चालक थापा आइतबार तनहुँबाट चितवन फर्किएका थिए । लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्