21.1 C
Kathmandu

समाचारअन्तर्राष्ट्रिय तामाङ परिषद्को ऐतिहासिक पाँचौँ सम्मेलन थाइल्याण्डमा गर्ने तयारी 

अन्तर्राष्ट्रिय तामाङ परिषद्को ऐतिहासिक पाँचौँ सम्मेलन थाइल्याण्डमा गर्ने तयारी 

काठमाडौँ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डको पर्यटकीय सहर बैंककमा गर्ने तयारी भएको छ । परिषद्को २०२२ मार्च ८ तारिख झापा स्थित काकडभिट्टामा सम्पन्न छैठौं सचिवालय बैठकको निर्णय अनुसार सम्मेलन गर्ने मिती र स्थान सार्वजनिक गरिएको हो ।  

तामाङ परिषदको अध्यक्ष के. एम. तितुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकले गरिएका निर्णयहरु सहितको प्रेस विज्ञप्ती परिषदले शुक्रवार अनौपचारिक रुपमा सार्वजनिक गरेको हो । उक्त विज्ञप्तीमा  उल्लेख गरे अनुसार पांचौ सम्मेलन सन २०२३ मार्च ३ र ४ (आगामी जेठ २० र २१) गते गरी दुई दिनमा सम्पन्न गर्ने तयारी रहेको छ । परिषदको सम्मेलन तामाङ सामाजको स्थायी बसोबास रहेको हैसियतले पूर्वी एशिया अन्तर्गत थाईल्याण्डको पर्यटकीय सहर बैंककमा  हुने महासचिव मोहन गोलेले जानकारी  दिए । उनका अनुसार उक्त सम्मेलनमा विश्वभरिका विभिन्न सदस्य राष्ट्रहरुबाट ५०० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने छ ।

सम्मेलन भव्य र सभ्य ढंगले सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्याण्ड र तामाङ समाज म्यानमार (बर्मा)लाई दिइएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्मेलन भन्ने बित्तिकै निती र नेत्रित्व सँग जोडीने हुँदा परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकरुपमा जोड्दै नीति र नेतृत्व चयनका लागि विभिन्न व्यक्तिहरुको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, साङ्गठनिक तथा आर्थिक समिति, सांस्कृतिक पुनर्स्थापना कार्ययोजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचनमण्डल समेत गठन गरिसकेको उपाध्यक्ष टासी लामाले अनौपचारिक छलफलको क्रममा  बताए । 

उनका अनुसार परिषद्को अध्यक्ष भने जुन मुलुकमा सम्मेलनको आयोजना हुन्छ सोही मुलुकको अध्यक्ष हुने व्यवस्था रहेको हुँदा यस पटक परिषदको अध्यक्ष थाईल्याण्डले पाउनेछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्