काठमाडौ । काठमाडौ बौद्ध पिपबोट स्थित सञ्चालनमा रहेको सेकुवा जक्शनले आफ्नो स्थापना बर्ष मनाएको छ । नेपाली लोकल सेकुवाको स्वादमा सञ्चालन गर्दै आएको सेकुवा जक्शन स्थापना भएको एक बर्ष पुगेको अवसरमा बिविध साँस्कृतिक कार्यक्रमका साथ मनाएका हुन् ।

पछिल्ला समय नेपालमा युवा पुस्ताहरु होटल व्यवसाय तर्फ लगानी गर्न अग्रसर हुन थालेका छन् । त्यस्तै युवाहरुको लगानीमा सञ्चालन गरिएको एक नमुना होटल हो ‘सेकुवा जक्शन’ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ कोट्तेमालमा जन्मेका विश्वराज तामाङ पर्वतारोही समेत हुन् । उनले बि.सं २०६५ सालमा विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेका थिए । टुरिजम क्षेत्रमा अत्यतन्तै चासोका साथ व्यवसाय गर्दै आएका दाजुभाई विश्वराज तामाङ र ईश्वराज तामाङ दुवै पर्यटन व्यवसायी हुन् । पर्यटन व्यवसायमा लागेको करिब २३ बर्षको दौरानमा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यका साथ होटल तथा रेस्टुरेन्ट क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । तिनै पर्यटन व्यवसायीहरुले साझा रुपमा सञ्चान गरेको व्यवसाय हो ‘सेकुवा जक्शन’ । जहाँ नेपाली लोकल सेकुवाको साथै अन्य परिकारहरु स्वस्थ र स्वादिस्ट रुपमा उपलब्ध हुने गर्दछ । विश्वराज तामाङ, ईश्वराज तामाङ, सुवर्ण तामाङ र बेनु लामाको साझा लगानीमा सञ्चालन गरिएको सेकुवा जक्शनले हिजो शनिबार १ बर्ष पार गरेको छ । त्यसैको अवसरमा केक काटेर आफ्नो स्थापना दिवस अर्थात बार्षिक उत्सव मनाएका हुन् ।


शनिबार सम्पन्न बार्षिक उत्सव तथा साँस्कृतिक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार विश्व दोङ, तामाङ समुदायको महानायक अमिर दोङ, कलाकार बुद्धि तामाङ लगायत अन्य थुप्रै कलाकार, पत्रकार, समाजसेवी व्यक्तित्व तथा व्यवसायीहरुको समेत बाक्लो उपस्थिति रहेका थिए । थुप्रै कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथ कार्यक्रममा उपस्थित भएका पाहुनाहरुलाई भरपुर मनोरञ्जनात्मक वातावरणका साथ कार्यक्रम सम्पन्न भएको थियो ।


पर्यटन व्यवसायी विश्वराज तामाङ र ईस्वराज तामाङले समिट लज मन्जु हेटल हिल, हङ्री याक लाईभ म्युजिक–नाम्चे बजार, होटल समिट दिङबुझे बिगत लामो बर्ष देखी सञ्चालन गर्दै आएका छन् भने आफ्नै जन्मभुमिमा तेमाल कृषि तथा पशुपंक्षी पालन फर्म प्रा.लि. समेत सञ्चालनमा ल्याएका छन् । नेपालको आत्मनिर्भरता भनेकै कृषि, पर्यटन र उर्जा रहेको हुंदा तिनै कुरालाई आधार मानेर पर्यटनको साथमा कृषि क्षेत्रमा समेत अग्रसर रहेको उनीहरु बताउछन् ।

