19.1 C
Kathmandu

अन्तर्राष्ट्रियविनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो

विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो

काठमाडौ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ भने पुरिएका मानिसहरु जीवितै भेट्न सक्ने आशा न्यून हुँदै गएको अवस्था अन्र्तराष्ट्रिय सामाचारहरुमा आएको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

जस्को कारण धेरै भौतिक संरचनाहरु ढलेका छन् भने हजारौँ मानिस पुरिएका छन् । श्रोतका अनुसार टर्कीमा मात्र मृत्यु हुनेको संख्या १५ हजारभन्दा बढी पुगेको छ । चिसो मौसमका कारण उद्धार गर्न कठिनाई रहेको हुँदा जीवित नै भेट्न सक्ने सम्भाव्य समय ७२ घण्टा बितिसकेको हुँदा अब जीवित भेट्न सक्ने सम्भावन कमै रहेको बिज्ञहरु बताउछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्