26.1 C
Kathmandu

समाचारगोरखाको दुई सय वर्ष पुरानो गुम्बा आगलागीबाट क्षति, पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग माग

गोरखाको दुई सय वर्ष पुरानो गुम्बा आगलागीबाट क्षति, पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौ । मंगलबार अपरान्ह सोलार सर्ट भएर आगलागी हुँदा गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्थित हिनाङ्गमा रहेको पुङ्जे गुम्बा पूर्ण रुपमा क्षति भएको छ ।

बस्तीभन्दा टाढा रहेको गुम्बामा एक्कासी आगलागी भएको थियो। गुम्बामा लागेको आगो धेरै समयसम्म निभाउन नसकिएको कारण गुम्बामा धेरै नै क्षति पुगेको स्थानीयहरु बताउँछन् । क्षति भएको यो गुम्बामा भिक्षुहरू र चुमनुब्री क्षेत्रका केही ज्येष्ठ नागरिकहरू बसोबास गर्दै आएका थिए । गुम्बामा रहेका मुर्ति धार्मिक किताव(छ्योई) हरु पूर्ण रुपमा जलेर नस्ट भएको छ । करिब दुई सय वर्ष पुरानो गुम्बामा यसरी आगलागी हुँदा करोडौंको क्षति पुगेको छ । आगलागी पस्चात गुम्बाको स्थलगत अवस्थाको बारेमा बुझ्न गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपाने, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी उपरीक्षक केदार खनाल लगायत गुम्बामा पुगेका थिए ।

आगलागीबाट गोरखामा एउटा धार्मिक एवम् पर्यटकीय धरोहर ढलेको छ । जस्को कारण करोडौँको क्षती पुगेको हुँदा गुम्बा पुनर्निर्माण गर्न सांसद न्यौपानेले प्रदेश सरकार र केन्द्र सरकारसंग सहयोग माग्ने कुरा बताएका थिए ।

गुम्बा पुनर्निर्माणका लागि आफूले सक्दो पहल गर्ने स्थानीय बासिन्दासँग प्रतिबद्धता जनाएर फर्केका सांसद न्यौपाने लगायतका नेताहरुले आगलागीबाट क्षति पुगेको गोरखाको हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्