19.1 C
Kathmandu

समाचारसहिदहरुको सम्झनामा आज सहिद दिवस देशैभर विविध कार्यक्रमका साथ मनाइदै ।

सहिदहरुको सम्झनामा आज सहिद दिवस देशैभर विविध कार्यक्रमका साथ मनाइदै ।

काठमाडौ । आज माघ १६ गते अर्थात सहिद दिवस सहिदहरुको सम्झना र सम्मान स्वरुप विभिन्न कार्यक्रमका साथ देशैभर मनाइरहेका छन् ।

देश र जनताको हित र अधिकारका लागि एवं विभिन्न कालखण्डमा यो देशमा व्यवस्था परिवर्तनका खातिर आफ्ना जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक बर्ष माघ १६ गते सहिद दिवस मनाउने प्रचनलन रहेको छ । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको सम्मान र सम्झना स्वरुप आज विभिन्न गैरसरकारी सड्घसंस्थाहरुको आयोजनामा सहिद सप्ताह मनाइँदै आएको छ । यसै क्रममा लैनचौरस्थित सहिद स्मारकमा प्रधानमन्त्री पुष्पकमल दहालले पुष्पगुच्छा तथा सम्मान अर्पण गरेका छन् ।

त्यसै गरि शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रममा प्रधानमन्त्रीसहित सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिहरु लगायत श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्न पुगेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्