16.1 C
Kathmandu

स्थानिय समाचारबाँकेमा एक युवकले आफ्नै २ बर्षे छोरा र पत्नीलाई पेट्रोल छर्केर लगाए...

बाँकेमा एक युवकले आफ्नै २ बर्षे छोरा र पत्नीलाई पेट्रोल छर्केर लगाए आगो

काठमाडौ । बाँकेको कोहलपुरमा एक युवकले पेट्रोल छर्केर आफ्नै २ बर्षे छोरा र श्रीमतीलाई आगो लगाएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ति युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका २ बर्षे छोराको उपरचारको क्रममा मृत्यु भएको छ भने पत्नी गम्भीर अवस्थामा घाइते छिन् ।

३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई टाढैबाट पेट्रोल छर्किएर आगो लगाएका थिए । उनलाई भारततर्फ भाग्ने क्रममा प्रहरीले गएराति १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

घाँटी र ढाडमा जलेर घाइते भएकि गंगा बिकको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्