17.1 C
Kathmandu

अन्तर्राष्ट्रियतामाङ सेवा समाज सेन्दाइ-जापानको आयोजनामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

तामाङ सेवा समाज सेन्दाइ-जापानको आयोजनामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

काठमाडौं । मञ्जुश्री सम्वत् २८५९ औँ ह्योअी (तावार) ल्हो अर्थात बिरालो बर्ष, सोनाम ल्होछारको अवसरमा केही दिन यत्ता विश्वव्यापी रुपमा विभिन्न कार्यक्रमका साथ मनाउने क्रम रहेको छ । स्वदेश तथा विदेशमा रहेका संघ संस्थाहरुको आयोजनामा नेपाल लगायत थुप्रै देशहरुमा सोनाम ल्होछार मान्ने गरिन्छ ।

आइतवार जापान स्थित सेन्दाइ सहरमा तामाङ सेवा समाजको आयोजनामा शुभकामना आदान–प्रदान तथा बिविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । तामाङ भाषा, धर्म संस्कृति र भेषभुषा हाम्रो पहिचान, यसको संरक्षण र सम्वद्धर्न गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ सेन्दाई स्थित चुलो रेस्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन.ए.तामाङ सेन्दाई समाज जापानका सचिब साबित्री लोप्चन, सहसचिव निम लामा, कोषाध्यक्ष कृष्ण बिक्रम घिसिङ, जनसम्पर्क मञ्च तोहोकु क्षेत्रीय कमिटीका अध्यक्ष आशिष गुरुङ र कोषाध्यक्ष दुर्गा लामा लगायतका अन्य व्यक्तित्वहरु अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा सेन्दाइ सहर र आसपासमा बसोबास गर्ने तामाङ तथा गैह्र तामाङ लगायतका नेपालीहरुको राम्रै उपस्थिति रहेका थिए । कार्यक्रममा एपस्थित अतिथिहरुले एक आपसमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान गर्नूका साथै सहभागी सम्पूर्णलाई विभिन्न सांगीतिक कार्यक्रमका साथ भरपूर मनोरञ्जन दिएका थिए ।

निम लामाको अध्यतामा सम्पन्न उक्त कार्यक्रममा छिरिङ ग्याबा तामाङले स्वागत मन्तव्य राखेका थिए भने प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकुका उप–सचिव कुङ्गा होईसेर (दिपक) तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्