18.1 C
Kathmandu

स्थानिय समाचारकाभ्रेको नमोबुद्ध नगरपालिकामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न 

काभ्रेको नमोबुद्ध नगरपालिकामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न 

काठमाडौ– २८५९ औँ ह्युइ (तावार ) अर्थात बिरालो बर्ष  सोनाम ल्होछारको अवसरमा यत्ती बेला देश तथा बिदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने क्रम रहेको छ । यसै क्रममा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका आईतवार ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।  

नगरपालिका अन्तर्गत वडा नं ७ स्थित रजबम पोखरी गुम्वा परिसरमा स्थानिय लामा, बोन्बोहरुको झंकी सहित  सांगितिक कार्यक्रमका साथ मनाइएको हो । लामा सेवा समिती रजवम पोखरी, सोनाम ल्होछार मुल समारोह समितीले आयोजना गरेको कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), बिनोद वल लगायत स्थानीय प्रतिभाले प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए । कार्यक्रममा धामी नाच सहितको झाकी प्रस्तुत गरिएको  थियो । सो स्थानमा रहेको अष्टमंगल स्तुपा निर्माणमा सहयोग गर्ने मोहन सिं लामा, उत्तरध्वज लामा, दोमन सिं लामा, डम्बर सिं लामा, ठगराज घिमिरे, हरिबहादुर बल लामा, टासी लामा, केदारप्रसाद आचार्य लगायत चन्दादाताहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षणको लागि नगरले बजेट र कार्यक्रम तय गरेको बताए । कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, एमालेका नगर अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हरि तिमल्सिना, नगर अध्यक्ष मिन्डु लामा, वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, वडा नम्वर ७ का अध्यक्ष धर्म सिं लामा, स्थानिय उद्धव  हुमागाई, मित्रप्रसाद खनाल, उत्तरध्वज लामा, लामा सेवा समितीका सभापति मोहन सिं लामा लगायतले सांस्कृतिक  बिविधताबारे चर्चा गरेका  थिए । 

ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकाले माघ ९ गते सार्वजनिक विदा दिएको छ । नगरप्रमुख कुनसाङ लामाले सम्पूर्ण नगरवासी, देशवासी र विदेशमा रहेका नेपालीहरुलाई  शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाईचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व फलदायी हुने विश्वास व्यक्त गरेका छन् । विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृतिक परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको भन्दै नगर प्रमुख लामाले यस्ता पर्वले शान्ति, समृद्धी र एकताको लागि प्रेरणा प्रदान गरून् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्