27.1 C
Kathmandu

स्थानिय समाचारधुलिखेल २८ किलो–बखुण्डोल, बुद्धपार्कमा ८ गते बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने

धुलिखेल २८ किलो–बखुण्डोल, बुद्धपार्कमा ८ गते बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने

काठमाडौं । काभ्रेको धुलिखेल २९ किलो स्थित बखुण्डोल बुद्धपार्कमा यहि ८ गते बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । मञ्जुश्री सम्वत् २८५९ औँ ह्योअी (तावार) अर्थात बिरालो बर्ष सोनाम ल्होछारको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

आयोजकको अनुसार कार्यक्रमको दिन स्थानीय लामा गुरु, बोम्बो लगायतको भाँकी सहित अतिथी कलाकारहरु र स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिहरु समेत रहने भएको छ । आईतवार हुने उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिका लागी चर्चित कलाकारहरु सुवास तामाङ, बिजय थोकर, शर्मिला थिङ, अमृत लामा लगायत अन्य थुप्रै कलाकारहरुको आगमन हुनेछ । पछिल्ला समय सोनाम ल्होछारको अवसरमा स्थानिय तहहरुमा नै ल्होछार कार्यक्रमको आयोजना गर्ने क्रममा बखुण्डोल बुद्धपार्कमा पनि यस अघिको बर्षहरुमा आयोजना गरिएको कार्यक्रमकै निरन्तरता यस बर्ष पनि रहेको छ ।

सोनाम ल्होछारको अवसरमा देश तथा विदेशमा समेत विभिन्न कार्यक्रमहरु सहित भव्य रुपमा सांगीतिक महोत्सवको रुपमा मनाउने क्रम रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्