22.1 C
Kathmandu

स्थानिय समाचारकाभ्रे तेमालका बालबालिकाहरूलाई आधारभुत सामाग्री वितरण

काभ्रे तेमालका बालबालिकाहरूलाई आधारभुत सामाग्री वितरण

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका चुखास्थित सर्वोद्वार माविका विद्यार्थीहरूका लागि आइतवार आधारभूत सामग्री वितरण गरिएको छ । सि–नेपालको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि नेपाली काङग्रेस काभ्रेका सभापति एवम् वागमती प्रदेश सभा सदस्य तीर्थ लामाले विद्यालयका छात्र छात्राहरूलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण गरिएको हो ।

प्रमुख अतिथि तीर्थ लामाले जाडो, गर्मी, हिमपात, वर्षा जस्ता मौसमी प्रतिकूलतामा आधारभूत सामाग्रीहरूको व्यवस्थापनले स्कुल ड्रप-आउटको संख्या घटाउन सहयोग पुग्ने बताउनु भयो । सभासद लामाले गरिवी अन्त्य गर्न र सामाजमा सामानता कायम गर्न बालबालिकाको शैक्षिक सुधारमा लगानी गर्न आवश्यक रहेको बताए ।
सि नेपालका संस्थापक अध्यक्ष स्मिता लामा मोक्तानका अनुसार तेपाल गाउँपालिका वडा नम्बर २ स्थित ४ वटा विद्यालयका करिव ३५० बालबालिकाहरूलाई जाडोमा लगाउने न्यानो कपडा, जुत्ता र स्टेशनरी समानहरू वितरण गरिएको छ । अध्यक्ष लामाले वालबालिकाको शैक्षिक विकासका लागि किताब कापी बाहेक आधारभूत सामाग्रीहरू अत्यावश्यक रहने हुँदा संस्थाले कार्यक्रम आयोजना गरेिएको बताए ।

फिनल्याण्डबाट सामाजिक कार्यकर्ता विषयमा स्नातक (बिएस डब्लु) अध्ययन गरेका लामा नेपाली काङ्ग्रेस वागमती प्रदेस प्रतिनिधी एवम् प्रतिनिधीसभा (क) क्षेत्रीय सदस्य समेत हुन् ।

बालबालिकाको शैक्षिक पहुँच सुनिश्चित गर्दै समुदायमा बाल स्वास्थ्य, शिक्षा र बाल अधिकारको सुरक्षाको लागि कार्यरत सि(नेपालले काभ्रे लगायत विपन्न समुदायमा प्राकृतिक प्रकोप, विपत र कोभिड(१९ जस्ता महामारीमा समेत सहयोग, राहत र पुनरस्थापनाको काम गर्दै आएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्