20.1 C
Kathmandu

स्थानिय समाचारपाँचखालका विद्यालयहरुमा ८ लाख ६० हजार बराबरको प्रविधिमैत्री सामाग्री हस्तान्तरण

पाँचखालका विद्यालयहरुमा ८ लाख ६० हजार बराबरको प्रविधिमैत्री सामाग्री हस्तान्तरण

काठमाडौ-पाँचखाल नगरपालिका भित्रका विद्यालयहरुमा ८ लाख ६० हजार बराबरको प्रविधिमैत्री सामाग्री हस्तान्तरण गरेका छन । पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले विद्यालयका प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामाग्री हस्तान्तरण गरेका हुन । प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्रील्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षा कोठा व्यवस्थापनका सामाग्री हस्तान्तरण भएको थियो ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खरेलले नगरले प्रविधिमत्री शिक्षा सँगै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । ‘नयाँ टेक्नोलाजीले शैक्षिक गुणस्तर उकास्न सहयोग पुग्ने भएर नगरले प्रविधीमैत्री शिक्षामा जोड दिईएको हो,नगरप्रमुख खरेलले भने । प्रविधिमैत्री सँगै विद्यालयमा कक्षाकोठा व्यबस्थापनमा लाग्न विद्यालयका पधानाध्यापकहरुलाई अनुरोध समेत गरे ।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामाग्रीको सदुपयोग गर्न अनुरोध गरे । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष संजय तामाङले विद्यालयहरुलाई आवश्यकताको आधारमा कोहिलाई टिभी, कोहिलाई प्रिन्टर, कोहिलाई ल्यापटप, कोहिलाई प्रोजेक्टर, कोहिलाई कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको जानकारी दिए । उनका अनुसार ल्यापटप, टिभी, प्रोजेक्टर तथा प्रिन्टर गरी  ८ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको हो । १६ वटा विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण भएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, शिक्षा शाखा प्रमुख उदय कोइराला, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्