24.1 C
Kathmandu

सूचना प्रविधितामाङ पत्रकार संघको १९ औँ स्थापना दिवसको अवसरमा संघको अफिसियल वेबसाइट सार्वजनिक

तामाङ पत्रकार संघको १९ औँ स्थापना दिवसको अवसरमा संघको अफिसियल वेबसाइट सार्वजनिक

काठमाडौं । तामाङ पत्रकार संघले १९ औँ स्थापना दिवसको अवसरमा संस्थाका पूर्वअध्यहरुसंग अन्तरकृया तथा वेबसाइट सार्वजनिकीकरण समारोहका साथ स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौं स्थित एक होटलमा आयोजना गरिएको उक्त कार्यक्रममार्फत संघले हाल सम्मका अध्यक्षहरुसँग अन्तरकृया गर्नुका साथै आफ्नो आधिकारिक वेबसाइट समेत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङ, पूर्व अध्यहरु दिपेन्द्र तामाङ, जगत दोङ तामाङ, बिष्णु कुमार मोक्तान, सल्लाहकार अमर ध्वज तामाङ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा लगायत संघका कार्यसमितिहरुका साथै अन्य केही जिल्लाका पदाधिकारीहरु समेत उपस्थिति रहेका थिए । तामाङ पत्रकार संघले यस अघि तामाङ प्रसारण विस भव्यताका साथ मनाएका थिए । हाल सम्म संघले २२ ओटा जिल्ला, २ ओटा प्रदेश र १ प्रबास कमिटीको बिस्तार गरिसकेका छन् ।

संघको स्थापनाकाल देखी हाल सम्मको गतिविधिहरुका साथै विभिन्न जिल्ला, प्रदेश र प्रवास कमिटीको बारेमा समेत पूर्ण जानकारीका साथ आफ्ना वेबसाइटमा राख्ने जानकारी संघका महासचिव तिर्थमान बलले जानकारी दिएको छ । महासचिव बलका अनुसार उक्त वेबसाइटबाट बिशेष गरि तामाङ समुदाय केन्द्रित सुचना तथा समाचारहरु समेत सम्प्रेषण गर्ने भएको छ । उनका अनुसार इन्टरनेट र प्रविधिको युग संगै अब तामाङ पत्रकार संघले आफ्ना हरेक गतिविधि तथा कृयाकलापहरु औंलाको एक क्लिकको भरमा जहाँ बसेर पनि हेर्न सक्ने बनाउने उदेश्यले नै संघको आधिकारीक वेबसाइट सार्वजनिक गरेको बताए ।

बुधवार सम्पन्न उक्त कार्यक्रममा अध्यक्षता संघका अध्यक्ष सुवाश योञ्जनले गरेका थिए भने महासचिव तिर्थमान बलले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्