28.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानका परराष्ट्र राज्यमन्त्री ताकेई नोभेम्बर १९ मा निर्वाचन अनुगमनका लागि नेपाल जाने

जापानका परराष्ट्र राज्यमन्त्री ताकेई नोभेम्बर १९ मा निर्वाचन अनुगमनका लागि नेपाल जाने

१८ नोभेम्बर २०२२
जापानले नेपालमा हुने मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको अनुगमन गर्ने भएको छ। यसको लागि जापानको परराष्ट्र राज्यमन्त्री शुनसुके ताकेई नोभेम्बर १९ तारिख नेपाल जाने भएका छन।
यसअघि निर्वाचन आयोगले समेत नेपालस्थित जापानी राजदुतावास मार्फत जापान सरकारलाई निर्वाचनको बिश्वसनियता र प्रक्रियाको पर्यवेक्षण गर्न जापान सरकार लाई आग्रह गरेको थियो।सोही अनुसार जापानले नेपालको निर्वाचन पर्यवेक्षण गर्न आफ्ना उच्च अधिकारी पठाउन लागेको हो।संघीय तल्लो सदन र प्रदेश सभाको निर्वाचन पारदर्शी,निष्पक्ष र शान्तिपूर्ण ढंकले सम्पन्न गर्न सहयोग गरेको जापानले निर्वाचन पर्यवेक्षण मिसनको अगुवाई परराष्ट्र राज्यमन्त्रीको उपस्थिति गर्नुले जापानले नेपालको महत्वको साथ प्राथामिकता दिएको देखिन्छ।
कोभिड महामारी पछि तीन बर्ष पश्चात जापान बाट नेपाल हुन लागेको यो उच्चस्तरीय भ्रमण समेत हो।जापान परराष्ट्र राज्यमन्त्री ताकेईले निर्वाचन पर्यवेक्षण संगै नेपाल भ्रमणका क्रममा उच्चस्तरीय सरकारी भेटवार्ता समेत गर्ने बताईएको छ।
परराष्ट्र राज्यमन्त्री २१ तारिख नेपालबाट भुटानको भ्रमणमा जाने जापानको परराष्ट्र मन्त्रलयले आफ्नो वेबसाईटमा राखेको जानकारी उल्लेख छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्