24.1 C
Kathmandu

शिक्षापाखुरे स-परिवारद्वारा पन्चकन्या बिद्यालयलाई पठनपाठनको सामाग्री हस्तान्तरण

पाखुरे स-परिवारद्वारा पन्चकन्या बिद्यालयलाई पठनपाठनको सामाग्री हस्तान्तरण

Maya Thokar

काठमाडौं । नुवाकोटको बेलकोटगढी न.१३ पाखुरेमा रहेको श्री पन्चकन्या आधारभूत विद्यालयलाई पाखुरे स-परिवारले स्पिकर र पठनपाठन, सिप विकासका लागि शिक्षण सिकाई सन्दर्भ सामाग्री हस्तान्तरण गरेको छ। गत असोज १८ गते महानवमीका दिन सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम गरेर बाँकी रहेको पैसाले पाखुरे स-परिवारद्वारा हस्तान्तरण गरेको हो ।

कार्तिक २९ गते मंगलवारका दिन कार्यक्रम आयोजक टिमका सदस्यहरु सुनिता लामा, विशाल लामा, सुरेन लामा, सुस्मा लामा, मनबहादुर लामा विद्यालयमा पुगेर स्पिकर हस्तान्तरण गरेका हु्न् ।

पठन सिपको विकास गर्ने उद्धेश्यले सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम गरेर बाँकी रहेको पैसाले रु. ३०,००० पर्ने स्पिकर, विद्यालयमा प्रारम्भीक तहमा अध्ययन गर्ने शिक्षण सिकाई सामाग्री र सन्दर्भ सामाग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रम आयोजक टिमकी सदस्य सुनिता लामाले बताउनु भएको छ ।

विजया दशैँको अवसरमा महानवमीका दिन (असोज १८ गते) पाखुरे स-परिवारले भव्यताका साथ कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा चर्चित तामाङ सेलो गायक विश्व दोङ, द लिटल विन्स व्याण्डका कलाकार, स्याडो ग्रुपका कलाकारहरु र स्थानीय भाइबहिनीहरुले प्रस्तुति दिएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्