30.1 C
Kathmandu

समाचारचुनावको बेलामा मात्र जनतामाझ भ्रम फैलाउन होईन जनताको हर सुख दु:खमा एमाले छ:...

चुनावको बेलामा मात्र जनतामाझ भ्रम फैलाउन होईन जनताको हर सुख दु:खमा एमाले छ: रेशम लामा

काठमाडौ । मंसिर ४ गते हुने आम निर्वाचनका लागी नेकपा (एमाले) को तर्फबाट काभ्रे क्षेत्र न. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशम लामाले चुनाबको बेलामा मात्रा जनतामाझ भ्रम फैलाउन होईन जनताको हर सुख दु:खमा एमाले रहेको कुरा बताएको छ । निर्वाचित भए पछि गाउँ फर्केर नआउने निर्वाचन ताका मात्रा जनतामाझ भ्रम फैलाउदै झुटा आश्वासन दिनेहरुसँग सचेत हुन समेत उनले मतदाताहरुलाई अनुरोध गरेका थिए ।  

मतदाताहरु सँग भेटघाटका लागि चौँरीदेउराली पुगेका रेशम लामाको टोलीलाई स्थानियबासिले चोकचोक र विभिन्न दोबाटोमा फुलमाला र सगुनका साथ स्वागत मात्र गरेनन विभिन्न पार्टी परीत्याग गरी एमालेमा प्रवेश गर्नेहरुको समेत राम्रै उपस्थिती रहेका थिए । पार्टी प्रवेश गर्नेमा नेकपा क्रान्तिकारी माओवादी काभ्रे जिल्ला सचिवालय सदस्य भोज बहादुर स्याङ्तानको नेत्रित्वमा जिल्ला देखी गाउँ कमिटिका पदाधिकारीहरु रहेका थिए ।  

चुनावी अभियानको क्रममा काभ्रेको चौँरीदेउराली पुगेका लामाले मतदाताहरुसँग भेटघाट गर्ने क्रममा नेकपा एमाले जनतामाझ निर्वाचन ताका विभिन्न आश्वासनका साथ भ्रम फैलाउने पार्टी नभएको बताएका हुन । शनिबार कोशीपारी क्षेत्र अन्तर्गत चौँरीदेउराली गाउँपालिका वडा न. १ लौरी  भन्झ्याङबाट शुरु गरिएको पहिलो दिनको घरदैलो तथा मतदाता बेटघाट कार्यक्रम सानो वाङथली, नाग्रे गगर चे, किल्पु, माझिफेदा, सेल्फी डाँडा, काफ्ले दमरा, धुसेनी सिवालय हुँदै वडा न. ५ पोखरीमा पुगेर कोणसभाका साथ समापन गरेका थिए । 

भोली दोस्रो दिनको अभियान भने चौउरी हुँदै गोठपानी, मादन कुडारी कात्तिके देउराली, बिर्ता देउराली पुगेर समापन गर्ने जानकारी नेकपा (एमाले) चौँरीदेउराली गाउँपालिका अध्यक्ष जितराम लामाले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्