28.1 C
Kathmandu

समाचाररेशम लामा एक्लै ढुक्क, लालध्वजलाई गठबन्धनको भर !

रेशम लामा एक्लै ढुक्क, लालध्वजलाई गठबन्धनको भर !


काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काभ्रको क्षेत्र नं.१ मा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार संविधान सभा सदस्य तथा पूर्वमन्त्री रेशम लामा र गठबन्धनका साझा उम्मेदवार २०६४ मा जितेर २०७० मा हार व्यहोरेका माओवादी केन्द्रका नेता सुर्यमान दोङ (लालध्वज) चुनावी मैदानमा उत्रेका छन् ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण माओवादीका गंग बहादुर दोङले सहज ढंगले चुनाव जितेका थिए । तर, यसपटक माओवादी केन्द्रको उम्मेदवार लालध्वजलाई नेपाली कांग्रेस लगायतका दलले साथ दिएको छ । एमालेको काभ्रे जिल्ला सह–इन्चार्ज रेशम लामा भने प्रत्यक्ष निर्वाचनमा पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो रहेको कारण जितको आधार यही रहेको माओवादी नेताहरु बताउँछन् । तर रेशम लामाले समानुपातिक सांसद हुँदा पनि धेरै काम गरेको र अब प्रत्यक्ष सांसद जितेर काभ्रेली जनताको अझ बढि काम गरेर देखाउने बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा काभ्रेमा गठबन्धनको उपलब्धिलाई हेर्नेहो भने छिटपुट रुपमा बाहेक धेरै जसो ठाउँमा सोचे जस्तो परिणाम नआएको कारण यस पटकको आम निर्वाचनमा रेशम लामा चुनाव जित्ने कुरामा ढुक्क रहेको बताउँछन् । यद्यपि सुर्यमान दोङ (लालध्वज) भने चुनाव जित्नका निम्ति गठबन्धनकै भर पर्नु पर्ने अवस्था रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्