30.1 C
Kathmandu

समाचारकाठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं.३ चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको न.८ ख १८४१ नं.को ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नं.को स्कुटरलाई ठक्कर दिँदा दुईजनाको निधन भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.९ का ४७ बर्षीय बेल बहादुर राना मगर र कल्पना राना मगर रहेका छन् । दुर्घटनामा परि गम्भीर रुपमा घाइते भएका दुवैजनालाई उपचारका लागी त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा लागेका थिए । उपचारको क्रममा घाइते दुवैजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रही कार्यलयले जानकारी दिएको छ ।

प्रहरीले ट्रक चालक चिततवनका २५ बर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्