23.1 C
Kathmandu

समाचारखानिखोला पुगेर यस्तो गर्ने प्रतिबद्धता  व्यक्त गरे एमालेका उम्मेदवार रेशम लामा र...

खानिखोला पुगेर यस्तो गर्ने प्रतिबद्धता  व्यक्त गरे एमालेका उम्मेदवार रेशम लामा र चन्द्र लामाले 

काठमाडौको-काभ्रे निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेशम लामाले खानीखोलाका सबै वडाहरूलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । खानीखोलाको तालढुङगा लगायतका विभिन्न स्थानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उहाँले स्थानीय मतदाताहरू समक्ष यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

“खानीखोलाको भूगोल र समाजसित परिचित छु । यहाँका जनताको सुख र समृद्धिका लागि योजना सहित चुनावमा होमिएको हुँ।” एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री समेत रहनु भएका लामाले भन्नु भयो ।

आफूहरुको पहलमा मोटरबाटो बनेपछि अहिले खानीखोलामा अस्पताल, प्रहरीचौकी, शैक्षिकसंस्था, खानेपानी लगायत पुर्वाधारहरू धमाधम बन्न थालेको लामाले दावी गर्नु भयो । 

उहाँले आफ्ना चुनावी प्रतिस्पर्धी एवम् नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङप्रति लक्षित गर्दै भन्नु भयो “सरकारले एउटा सिम कार्ड  नपत्याएर अर्काको मोबाइल चलाउँदै हिँडेका छन् । त्यस्ता उमेदवारले विकास गर्छु भन्ने भ्रममा नपर्नुहोला ।”

त्यसैगरी, प्रदेसभा १ (ख) का उमेदवार एवम् पूर्वमन्त्री चन्द्र लामाले आफू सांसद हुँदा खानीखोलालाई सबैभन्दा प्राथमिकतामा राखेर बजेट व्यबस्था गरेको बताउनु भयो । 

आफ्नो कार्यकालमा अधुरा रहेका विकास योजनाहरू पूरा गराउन पुन: उमेदवारी दिएको उहाँले स्पष्ट पार्नु भयो ।

लामाले स्थानीयहरूसँग एमालेको पक्षमा मतदान गर्न अनुरोध गर्दै भन्नु भयो “तपाइँको मतले विजय प्राप्त हुनेछ । र त्यो विजयलाई विकासमा बदल्ने छु।”

चन्द्र लामाले प्रदेस सांसद हुँदा खानिखोलाको भौतिक विकासका लागि गर्नुभएको पहलका निम्ति खानीखोलाबासीले खुलेर प्रशंसा गरेका छन् । उहाँले खोपासी तालढुङगा सडक, तालढुङगा जगथली सडक, सिरानकुलो तालढुङगा सिँचाइ, कुस्पा बृहत् खानेपानी योजना, लिफ्टिङ सिँचाइ,  तालढुङगा, महाङकाल, खजुरीबेंसी लगायतमा खेलमैदान, त्रिवेणी, मिल्चे र महाबर बृहत् खानेपानी लगायता दर्जनौं पूर्वाधार विकासमा बजेटको व्यवस्था गर्नु भएको थियो, 

नेकपा (एमाले) ले मङगलबार खानीखोलाको वडा नम्बर ५ अन्तरगर तालढुङ्गा, वडा नम्बर ६ को कुस्पा, वडा नम्बर ७ अन्तरगतका धाप्ले, मिल्चे र महाङकालमा चुनावी सभाको आयोजना गरेको थियो । सो सभालाई काभ्रे निर्वाचन क्षेत्र नं १ परिचालन कमिटीका संयोजक इन्द्र लामा, सह संयोजक बिदुर हुमगाइ, एमाले वागमती प्रदेस कमिटिका उपाध्यक्ष एवम् संविधानसभाका सदस्य रामहरी सुवेदी, जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रदेस १ (ख) का निर्वाचन परिचालन संयोजक शान्ता न्यौपाने, अनेरास्ववियु  केन्द्रीय महासचिव समिक बडाल, खानीखोला गाउँकमिटि सचवि मानबहादुर गोले,  बडा नं ७ का इन्चार्ज बुद्धिबहादुर थिङ लगायतले सम्बोधन गर्नु भएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्