24.1 C
Kathmandu

समाचारमन्त्री हुमागाईंको वडामा रित्तियो नेकपा एस, पुरानै घर फर्किए सबै

मन्त्री हुमागाईंको वडामा रित्तियो नेकपा एस, पुरानै घर फर्किए सबै

काठमाडौ – नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईंको वडामै नेकपा एकीकृत समाजवादी रित्तिएको छ । 

मन्त्री हुमागाईंको वडा पनौती १२ बाट एकीकृत समाजवादीको सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएपछि एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ । पनौती नगरपालिकामा समाजवादीको वडा नै रित्तिएको यो दोस्रो वडा हो । यसअघि वडा नं। ११ बाट पनि सिंगो वडा कमिटी एमालेमा समाहित भएको थियो । 

आईतबार प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कुमार थापा, प्रदेश कमिटी सदस्य भीम न्यौपाने, एमाले पनौती नगर अध्यक्ष सुरेश हुमागाईं, वडा कमिटी अध्यक्ष इश्वरराज जंगम लगायतले समाजवादीको वडा कमिटीलाई एमालेमा समाहित गराउनुभएको हो ।। एमालेले समाजवादीबाट फर्केकाहरुलाई यथास्थानकै पदमा रहने गरी समायोजन गराएको छ । 

एमालेमा फर्कनेहरुमा समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, नगर कमिटी उपाध्यक्ष देवराज केसी, वडा कमिटी सह– इन्चार्ज क्षेत्रवहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रल्हाद केसी, किसान महासंघका जिल्ला कमिटी सदस्य उमेश हुमागाईं, यवा संघका पनौती नगर कमिटी सदस्य मनोज कार्की लगायत रहनुभएको छ  । यस्तै अनेमसंघ उपाध्यक्ष प्रिया खत्री, वडा कमिटी उपाध्यक्ष दुर्गावहादुर लामा, वडा कमिटी उपसचिव निमा लामा, अनेमसंघ वडा कमिटी सचिव रिता केसी, वडा कमिटी सदस्यहरु हरिप्रसाद हुमागाईं, सांगे तामाङ, सोनाम सिंह तामाङ, नहकुल केसी, राजेन्द्र तामाङ, सुरेन्द्र केसी पनि एमालेमै फर्किनुभएको छ  । आफ्ना वडाको कमिटिले नै साथ नदिएपछि नेकपा एसका काभ्रे अध्यक्ष एवं बाग्मती प्रदेशका कृषि मन्त्री बसुन्धराहुमगाँई काभ्रेमा निक्कै कमजोर अवस्थामा पुगेको चर्चा छ । 

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्