18.1 C
Kathmandu

समाचारमकवानपुरका स्वतन्त्र उम्मेदवारले गरे २८ बर्षिय बिमला रुम्बा थापाको लास उद्दार 

मकवानपुरका स्वतन्त्र उम्मेदवारले गरे २८ बर्षिय बिमला रुम्बा थापाको लास उद्दार 

काठमाडौ- मकवनपुरका स्वतन्त्र उम्मेदारले चितवन मेडिकल कलेजमा २८ वर्षिय बिमला रुम्बा थापाको लास उद्दार गरिएको छ । 

असोज २५ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना भएकी रुम्बा थापाको आर्थिक अभावका कारण अस्पतालबाट लास निकाल्न कठिनाइ भएपछि मकवानपुर जिल्ला क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारीमा उठेका आईतराम (आराम) तामाङको सहयोगले मृतकको उद्दार गरेको हो। 

लामो समयदेखि मुटुको भल्भमा समस्या भएकी बिमला गर्भवती रहेकी उनको परिवारले जानकारी दिएको छ । गर्भमा ८ महिनाको शिशु रहेको र उक्त शिशुलाई बचाउनका लागि अस्पताल पुगेका विमला रुम्बा थापाको अस्पतालमा मृत्यु भएको हो । मृतक बिमला रुम्बा थापाको १० वर्षिय छोरा र ८ वर्षिय छोरी समेत रहेको उनको परिवारले बताए । विमलाको श्रीमान ट्याक्टर चालक रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । 

मकवानपुर जिल्ला क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारबाट मंसिर ४ गतेको निर्वाचनका लागि मैदानमा उत्रिएका युवा व्यवसायी आईतराम (आराम) तामाङले अस्पतालमा मृतक बिमलाको उपचारको लागि लागेको रु ५५,००० हजार बराबरको अस्पताल खर्च रकम सहयोग  गरि मृतक बिमला रुम्बा थापाको लास अस्पतालबाट निकालिएको हो । 

युवा व्यवसायी आईतराम तामाङले बिगतका दिनहरुमा पनि दुःखि, गरिव, असाहाय, अन्यायमा परेका पिडितहरुको निमित्त व्यक्तिगत आर्थिक रकम सहयोग  गर्दै आएका थिए । स्वतन्त्र उम्मेदवार आईतराम तामाङ बुधबार दिन बारा जिल्लामा रहेको प्रख्यात “गढिमाई देबि मन्दिर” को दर्शन गर्न पुगेका थिए । उनी गढिमाई मन्दिर को दर्शन गरि फर्किने क्रममा उक्त घट्नाको बारेमा जानकारी आएपश्चात तुरुन्तै चितवन मेडिकल अस्पताल पुगेका थिए । उनी अस्पताल पुगेपछि पिडितको गुनासो सुनेर आफुले सकेको सहयोग गरेको बताए । ” जन्ताले मलाई चिनुन या नचिनुन्, जन्ताले मलाई हेर्ने नजर जस्तो सुकै रहे पनि मैले जन्ताको पीडा बुझेको छु, म सधैं जन्ताको सेवामा लागि पर्नेछु ।” आराम तामाङले भने ! 

मकवानपुर क्षेत्र नं १ भित्र पर्ने सम्पूर्ण पिडित, असाहाय,निम्न वर्गका व्यक्तिहरुको जो कोहिलाई आर्थिक रकम अभावका कारण स्वास्थ्य उपक्षरमा समस्या रहेमा सिधा सम्पर्क गर्नका लागि आह्वान गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्