30.1 C
Kathmandu

समाचारकांग्रेस महामन्त्री गगन थापाको क्षेत्रमा स्वतन्त्र उम्मेदवार हेम बोम्जन किन ?

कांग्रेस महामन्त्री गगन थापाको क्षेत्रमा स्वतन्त्र उम्मेदवार हेम बोम्जन किन ?

काठमाडौ । काठमाडौ प्रतिनिधि सभा क्षेत्र नं.४ मा हेम बोम्जनले स्वतन्त्र उम्मेदवार दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गगन थापाले उम्मेदवारी दर्ता गरेको यस क्षेत्रमा हेम बोम्जनको स्वतन्त्र उम्मेदवारी यत्ति बेला चासोको बिषय नै बनेको छ ।

हेम बोम्जनले आखिर किन स्वतन्त्र रुपमा काठमाडौं ४ बाट आफ्नो उम्मेदवारी दर्ता गरे भन्ने सवालमा चासो यस अर्थमा पनि रहेको छ कि ! के साँच्चिकै बोम्जनले यस क्षेत्रमा जित्लान त ?, नजितेमा बोम्जलने सत्तारुढ गठबन्धनको मत बढि बिगार्ला कि नेकपा एमालेको ? यावत प्रशनहरु यत्तिबेला आम जनमानसमा लागिरहेको छ । विभिन्न राजनितिक दलबाट काठमाडौबासी हरु बितृष्ण भएका छन् जस्ले गर्दा यहांका मतदाताहरुले राजनितिक शक्तिको बिकल्पमा स्वतन्त्र उम्मेदवारको खोजिमा छन् । यस क्षेत्रको आम मतदाताहरुको ईच्छा र आकांक्षा अनुरुप नै आफूले उम्मेदवारी दर्ता गरेको र मंसिर ४ मा आफनो क्षेत्रका मतदाताले आफुलाई विजयी गराउने बोम्जन बताउछन् ।

पछिल्ला समय बिवादस्पत अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापा यस पटक अतालिएर निर्वाचन क्षेत्र नै परिवर्तन गर्ने तयारी गरेका थिए । जसको कारण गगन थापाको कमजोरी रहेको प्रमाणित भएकोले आफुलाई थप सहज भएको बोम्जनले बताउँछन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु अब केही दिनमै निर्वाचन आयोगले चुनाव चिन्ह दिनेछ र सोही चुनाव चिन्ह लिएर घरदैलोमा जानकारी गराउंदै जानेछौं । उनले भने । यद्यपि घर दैलो कार्यक्रम भने यस अघि नै पहिलो चराणमा गरिसकेको कुरा समेत बोम्जनले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्