24.1 C
Kathmandu

समाचाररेशम लामालाई समर्थन गर्ने प्रतिबद्धता सहित निमा लामाले गरे उम्मेदवार फिर्ता

रेशम लामालाई समर्थन गर्ने प्रतिबद्धता सहित निमा लामाले गरे उम्मेदवार फिर्ता

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत प्रतिनिधि सभा १ मा आफ्ना स्वतन्त्र उम्मेदवार दर्ता गरेका निमा लामा बलले आज उम्मेदवार फिर्ता गरेका छन् । बुधबार उम्मेदवार फिर्ता गर्ने लामा रोशी गाउंपालिका वडा नं.४ का स्थायी बासिन्दा हुन् । काभ्रेको पनौती स्थित निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उनले दर्ता गरेको स्वतन्त्र उम्मेदवार फिर्ता लिए संगै नेकपा एमाले प्रतिनिधि सभा १ का उम्मेदार रेशम लामा झनै बलियो साबित भएको छ ।

बुधबार आफ्ना उम्मेदार फिर्ता गर्दै लामाले पूर्व मन्त्री तथा काभ्रे प्रतिनिधि सभा १ का नेकपा एमालेका उम्मेदार रेशम लामालाई पुर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जितको अग्रिम शुभकामना दिएका छन् । वि.सं.२०४३ साल देखी विभिन्न संघ संस्थाहरुमा आवद्ध हुंदै काम गर्दै आएका निमा लामा बल पर्यटन व्यवसायी हुन् । रेशम लामासंग अंगालो मार्दै निमा लामाले भने ”मेरो भाई संग प्रतिद्धन्दी हुंदै चुनावमा जानु भन्दा सबै जिम्मेवारी सुम्पिदैं मंसिर ४ को निर्वाचनमा रेशम लामालाई पुर्ण समर्थन गर्नेछु । देश विकासमा टेवा पुर्‍याउने र काभ्रेली जनताको दबिएको आवाज रेशम लामा मार्फत प्रतिनिधि सभामा बुलन्द होस ।”

काभ्रे प्रतिनिधि सभा १ का उम्मेदार रेशम लामा बिगत लामो समय देखी नेपालको विभिन्न राजनितिक घटनाक्रमहरु संग नजिक रहेका छन् । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र उद्योग मन्त्रालय सम्हालेको अनुभव रहेको लामा संविधान सभा सदस्य समेत हुन् । लामासंग पूर्व प्रधानमन्त्री केपी शर्मा वली र वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन हुंदा मन्त्री मण्डलमा बसेर काम गरेको अनुभव रहेको हुंदा रेशम लामा गठबन्धका साझा उम्मेदवार भन्दा कम शक्तिशाली भने देखिदैनन् ।

त्यसै गरि बुधार काभ्रेबाट उम्मेदवार फिर्ता लिनेमा काभ्रे क्षेत्र नं.२ को ख बाट प्रदेश सभा सदस्यको उम्मेदवार दर्ता गरेका बसुन्धारा हुमागाँई रहेका छन् । बसुन्धारा हुमागाँईको उम्मेदवारी फिर्ता संगै अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरु समेत हुन थालेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्