25.1 C
Kathmandu

अर्थतन्त्रकरोडौको लगानीमा 'द स्हेनोर हाउस' सञ्चालनमा, साउथ अफ्रिकन ग्रिल र कन्टिनेन्टल...

करोडौको लगानीमा ‘द स्हेनोर हाउस’ सञ्चालनमा, साउथ अफ्रिकन ग्रिल र कन्टिनेन्टल बेसका परिकार उपलब्ध

काठमाडौ । काठमाडौको जोरपाटी स्थित जुबि पेट्रोल पम्पको अगाडि युवाहरुले करोडौको लगानीमा ‘द स्हेनोर हाउस’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । पछिल्ला समय नेपाली युवाहरुको होटल तथा रेस्टुरेन्ट व्यवसायमा लगानी बढ्दो क्रम देखिन थालेको छ । यसैको ज्वलन्त उदाहरण हो ‘द स्हेनोर हाउस’ सञ्चालन गर्ने युवाहरु । उपत्यका र उपत्यका बाहिर पछिल्ला समय यत्ता स्तरिय होटल तथा रेस्टुरेन्टहरु सञ्चानल गर्ने क्रम बढ्दो रहेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीमा शनिबार देखी औपचारिक रुपमा सञ्चालनमा ल्याएको ‘द स्हेनोर हाउस’मा ४ जनाको संयुक्त लगानी रहेको सञ्चालन पक्षले जानकारी दिएको छ । सञ्चालकहरुमा हरि लामा, डि.के.मोक्तान, सन्तोष बल तामाङ,अमिर दोङ, लगायतका युवाहरु जोडिएका छन् । सञ्चालकहरुको पृष्ठभुमि हेर्ने हो भने सबै जना जसो कलाकारिता क्षेत्रमा लागेका व्यक्तित्वहरु देखिन्छ । तिनै समुहको एक व्यक्ति भने तामाङ समुदायको महानायक अमिर दोङ रहेको छ ।

सञ्चालकको अनुसार सुरुवाती चरणमा १ करोड पैतिस लाख लगानी गरिएको स्हेनोर हाउसमा आवश्यकता अनुसार अझै लगानी गर्दै जाने समेत बताएका छन् । हाल विभिन्न जिम्मेवारीमा २५ जना युवाहरुलाई रोजगार दिन सफल भएको र अबका दिनहरुमा कम्तिमा ४० जना भन्दा माथि संख्यामा कर्मचारी संख्या थप्दै जाने सञ्चालकहरु बताउछन् ।

‘द स्हेनोर हाउस’को विशेषता भनेकै स्वस्तकर खानाका परिकारहरु रहेको सञ्चालकहरु बताउछन् । बिगत ८ बर्ष देखी अन्तराष्ट्रिय स्तरमा समेत सेफको रुपमा काम गर्दै आएको अनन्त तामाङले स्हेनोर हाउसमा सेफको जिम्मेवारी सम्हालेको छ । सेफ अनन्त लामाका अनुसार उनले ४ बर्ष कतारमा काम गरेर अनुभव बटुली सकेका छन् । उनले ‘अन्तराष्ट्रिय फ्रेन्चाइज ग्रुपबाट’ बाट ‘वल्ड वाइड फुड हाइजनिक सर्टिफिकेट’ प्राप्त गरिसकेका छन् । जहाँबाट उनले लेबल २ सम्मको अनुभव र अध्ययन सकेर नेपालमा त्यही स्वादमा स्वादिस्ट र स्वस्तकर खाना उपलब्ध गराउने उदेश्यकासाथ स्वदेश फर्केको समेत उनले बताए । बिदेशमा गोरुको मासुबाट बनाइएको परिकारलाई उनले नेपालमा भने बफ आईटमबाट नेपालमै नबनेका परिकारहरु उपलब्ध गराउने उनको भनाई रहेको छ ।

खानाले मानिसलाई बिरामी होइन स्वस्थ बनाउनु पर्छ भन्ने मान्यताका साथ विगतका अनुभव र अध्ययनलाई समेत ख्यालमा राखेर विश्व मान्यता प्राप्त पुर्ण हाइजनिक खाना साउथ अफ्रिकन ग्रिल बेस र कन्टिनेन्टल बेसका परिकारहरु उपलब्ध गराउने सञ्चालक पक्षले बताएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्