20.1 C
Kathmandu

कला/ साहित्यजापानको सेन्दाईमा सेप्टेम्बर २८ मा भिटेन र डिजे नानीको लाईभ कन्सर्ट हुने

जापानको सेन्दाईमा सेप्टेम्बर २८ मा भिटेन र डिजे नानीको लाईभ कन्सर्ट हुने

२६ सेप्टेम्बर २०२२
जापान-जापानको सेन्दाई शहमा यही आउॅंदो सेप्टेम्बर २८ तारिखको दिन चर्चित र्याप्पर समिर घिसिङ(भिटेन)र डिजे नानी को लाईभ कन्सर्ट हुने भएको छ।
बिजय दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा’Tohoku Nepalese Brothers’को आयोजनामा उक्त कार्यक्रम सेन्दाईको ‘Talk Net Hall Sendai’मा हुने भएको छ।
उक्त कार्यक्रममा भिटेन र डिजे नानीको लाईभ कन्सर्ट संगै शुभाकामना आदनप्रदान कार्यक्रम,नेपाली मौलिक नाच,स्थानीय कलाकारबाट नेपाली संस्कार र सस्कृति झल्कने गीत प्रस्तुति संगै सम्मान कार्यक्रम पनि रहने छ। यस कार्यक्रमलाई सहयोग गर्ने सहयोगी संस्थाहरू 1)गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान -NRNA सेन्दाइ क्षेत्रीय कमिटि,
2) प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी, तोहोकु क्षेत्रीय कमिटि
3)नेपाली जनप्रगतिशिल मञ्च जापान सेन्दाइ क्षेत्रीय कमिटि,
4) जनसम्पर्क समिति जापान तोहोकु क्षेत्रीय कमिटि ,
5)सुदुरपक्ष्चिम नेपाली समाज सेन्दाइ
6)मोना समाज सेन्दाइ
7) जापान नेपाली एकता समाज
आदि रहेको कुरा प्रवासी नेपाली मन्च जापान क्षेत्रीय कमिटि,तोहोकु का अध्यक्ष अनिल गिरीले हामी मार्फत जानकारी दिनुभएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्