24.1 C
Kathmandu

समाचारनक्कली सहयात्री बोकेका गठबन्धनको यात्रा कहाँको हो ? तिनलाई नै थाहा छैनः...

नक्कली सहयात्री बोकेका गठबन्धनको यात्रा कहाँको हो ? तिनलाई नै थाहा छैनः केपी ओली

काठमाडौ । सत्तारुढ गठबन्धनलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नक्कली सहयात्रीको संज्ञा दिएका छन् । शुक्रबार काठमाडौ स्थित प्रज्ञा भवनमा सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले त्यस्ता अभिव्यक्ति दिएका हुन् ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शुक्रवार आयोजना गरिएको राष्ट्रिय प्रचार भेलाको प्रमुख अतिथिको रुपमा रहेका पूर्व प्रधानमन्त्री ओलीले पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले भने ”नेपाली कांग्रेसले गठबन्धनको त्यान्द्रो छोड्न सक्दैनन् भने त्यो त्यान्द्रोलाई छोड्यो भने त्रीसुलीले बगाउनेछ नेकपा एमालेको भेलले बगाउनेछ । नेपाली कांग्रेसले बाटोमा भेटे जत्ति सबैलाई नक्कली सहयात्रीको रुपमा संगै बोकेर हिंडेका छन् तर कहां पुग्ने हो ? उसैलाई थाहा छैन । गन्तव्य बिनाको यात्रा गर्ने तिनका उदेश्य भनेकै कसरी हुन्छ सरकारमा पुग्ने र लुटतन्त्र मच्चाउने मात्र हो ।”

माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीलाई भने ओलीले छोटो आयु बोकेको बिरुवाको उदाहरण दिएका छन् । तित्तेपाते तिन बर्ष भित्रै उम्रने र बुढो हुंदै मर्ने पक्का रहेको अभिव्यक्ति दिए । ”तर नेकपा एमाले युवाहरुको पार्टी हो । यो पार्टी बषौं बर्ष सम्म पनि बुढो नहुने र झन झन झांगिदै जानेछ” ओलीले भने । पाँच दल मिलेर रथ तान्ने उद्घोष गरेका गठबन्धनले रथ तान्द तान्दै अर्थतन्त्रको पांग्रा नै खुस्काएको ओलीले बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्