26.1 C
Kathmandu

कला/ साहित्यदाप्साङ लामाको तेस्रो प्रस्तुती 'मायाला चिनो सेल्फी' बजारमा

दाप्साङ लामाको तेस्रो प्रस्तुती ‘मायाला चिनो सेल्फी’ बजारमा

काठमाडौ। दाप्साङ लामाको तेस्रो प्रस्तुती मायाला चिनो सेल्फी बजारमा सार्वजनिक भएको छ । काभ्रे तेमाल गाउँपालिका वडा न. ४ दोर्जे गाङ निवासी दाप्साङ लामाले यस अघी २ वटा गीत बजारमा ल्याइसकेको छ ।

पहिलो पटक उर उर मिन्बा सुन्ताला बोलको तामाङ गीत बजारमा सार्वजनिक गरेको लामाले दोस्रो पटक आङिला जामे बोलको गीत ल्याएका थिए । यस पटक सार्वजनिक भएको मायाला चिनो सेल्फी बोलको गीत भने निक्कै पृथक रहेको छ । आईतवार फ्याफुल्ला नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीत टिकटकमा निक्कै नै रुचाएका छ्न ।

गीतको प्रस्तुतकर्ता दाप्साङ लामाको अनुसार यो गीतलाई भने यस अघिको गीतको तुलनामा दर्षक श्रोताले रुचाउने कुरामा ढुक्क रहेको छ । गीतको शब्द, मेलोडी र गायन पक्ष समेत सबैको मुखमा झुण्डिने क्याच्ची खालको रहेको छ । अहिले अडियो मात्रा सार्वजानिक भएको यस गीतको भिडियो भने सक्दो छिटो ल्याउने जमर्को रहेको उनले बताए ।

दाप्साङ लामाको शब्द रचना रहेको यस गीतको सङ्गीत, एरेन्ज र मिक्सीङ सानुबाबु घिसिङको रहेको छ भने गीतमा स्वर प्रयास दोङ र जीतु लोप्चानको रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्