28.1 C
Kathmandu

समाचारनिर्वाचन राजनितिक जीवनको सबै भन्दा ठुलो पर्व हो, जस्ले नेपाली जनताको भविष्य...

निर्वाचन राजनितिक जीवनको सबै भन्दा ठुलो पर्व हो, जस्ले नेपाली जनताको भविष्य कोर्दछः रेशम लामा

काठमाडौ । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री रेशम लामाले राजनितिक जीवनको सबै भन्दा ठूलो पर्व निर्वाचन रहेको र निर्वाचनले नै नेपाली जनताको भविष्य निर्धारण गर्ने र भविष्य कोर्ने कुरा बताएको छ । केन्द्रिय राजनितिमा समेत आफ्ना प्रभुत्व जमाउदै आएका लामा नेकपा एमाले काभ्रेका सह–ईन्चार्ज समेत हुन् ।


शनिबार काभ्रेको पनौती नगरपालिका वडा नं। ८ द्धारा आयोजना गरिएको बडा दशैं, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका नेता लामाले गठबन्धनलाई विचारले सुशुजित नभएको, गन्तव्यको प्रस्ट नभएको र नेतृत्वले पनि म के हो र कहां हो भन्ने निश्चित नभएर हिंडेका एउटा जत्थाको रुपमा हिंडेको बताए । तसर्थ नेकपा एमालेले बोकेका समृद्ध नेपाल, सुखी नेपाली को महान अभियानलाइृ हरेकको घर घरमा, हरेक वस्ती बस्तीमा हरेक झुपडिमा पुर्‍याउनको निमित्त नेकपा एमालेलाई सुर्य चिन्हमा छाप लगाई जिताउनु पर्ने कुरामा मन्त्री लामाले जोड दिएका थिए ।नेकपा एमाले एक्लै राष्टियता र राष्टवादको एजेन्डा बोकेर बिकासको लहरलाई पक्षाउंदै हरेक नेपालीको मन मस्तिष्कभित्र, हरेक नेपालीको मनोभावनाभित्र आफ्नो आसन बनाउने योजना बोकेर हिंडेको उनले बताए । एमालेसंग व्यक्तिगत स्वास्र्थ र अविष्ठ नभएको समेत उनले उल्लेख गरे ।


पनौती पुगेका मन्त्री लामाले सत्तारढ गठबन्धनलाई चर्को आलोचना गर्दै भने, नेपाली कांग्रेसका एउटै व्यक्ति पांच पटक सम्म प्रधानमन्त्री हुंदा नेपाली जनता, नेपाली युवा, विद्यार्थी लगायतले सम्झन लायकको कुन चाहि कार्यक्रम ल्यायो भनेर प्रश्न गर्ने दिन आएको छ । मंसिर ४ मा हुने निर्वाचनको लागी तपाईको घर दैलोमा पत माग्ना आउने नेपाली कांग्रेसलाई तपाईहरुले यो पश्न गर्नु पर्नेछ उनले भने । नागरिकता कागजको खोस्टो मात्र होइन त्यो संग नेपालको सार्वभौमता जोडेको हुन्छ । नेपालको राष्टियता जोडिएको छ जस्लाई सस्तो नाङ्लोमा बेच्ने प्रयास गर्दैछन् गठबन्धनले । एउटा असफल र असक्षम राष्टको रुपमा घोषणा गर्न मात्र बांकी हुने गरी यो मुलुकलाई तहसनहस बनाइसकेको अवस्था छ । मुलुकलाई यस्तो अवस्थामा ल्याउने तत्वहरुले जनताको अभिमतमा विश्वास राख्दैनन् । त्यस्ता राष्टघातीलाई अब नेपाली जनताले चिन्न जरुरी रहेको छ । तर नेकपा एमाले जहिले पनि जनताको अभिमतलाई सिरोपण गर्नेछ । उनले भने….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्