22.1 C
Kathmandu

खेलकुदद सूर्योदय ड्रयागञ्स तेक्वान्दो डोजाङ्गको आयोजनामा खेलाडी ग्रेडिङ तथा प्रमाण पत्र वितरण...

द सूर्योदय ड्रयागञ्स तेक्वान्दो डोजाङ्गको आयोजनामा खेलाडी ग्रेडिङ तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौ । द सूर्योदय ड्रयागञ्स तेक्वान्दो डोजाङ्गको आयोजनामा ग्रेडिङ तथा प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम २०७९ सम्पन्न भएको छ । शनिबार भक्तपुर स्थित सेक्रेड हार्ट स्कुलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा द सूर्योदय ड्रयागञ्स तेक्वान्दो डोजाङ्ग, द सेकरिड हाट ड्रयागञ्स तेक्वान्दो डोजाङ्ग, द गुण्डु ड्रयागञ्स तेक्वान्दो डोजाङ्ग गरि तिन वटा डोजाङ्गका खेलाडीहरु सहभागी रहेका थिए ।

एउटै व्यवस्थापन पक्षबाट सञ्चालन गरिएका यी तिन वटा तेक्वान्दो डोजाङ्गमा हाल एक सय भन्दा माथि खेलाडी विद्यार्थीहरु रहेको डोजाङ्ग सल्लाहकार तथा संरक्षक दान बहादुर लामा(छ्योइसाङ) ले बताएका छन् । उनका अनुसार २०७२ साल देखी सुरु गरेको द सूर्योदय ड्रयागञ्स तेक्वान्दो डोजाङ्गको व्यवस्थापन बाट नै गत बर्ष द गुण्डु ड्रयागञ्स तेक्वान्दो डोजाङ्ग र यस बर्षबाट द सेकरिड हाट ड्रयागञ्स तेक्वान्दो डोजाङ्ग सञ्चालनमा ल्याएका हुन् । हामीले आर्थिक रुपमा मासिक शुल्क तिर्न नसक्ने र खेलमा उतकृस्टता हांसिल गर्ने विद्यार्थीका लागी निशुल्का रुपमा खेलमा सहभागी गराउंछौं । यत्ति मात्र नभएर ग्रेडिङ बढ्दै जांदा लाग्ने शुल्क तिर्न नसक्ने हरुका लागी मैलै आफैंले व्यक्तिगत रुपमा पनि त्यस्ता शुल्कहरु तिर्दै आएको छु ।

डोजाङ्गका प्रमुख प्रशिक्षक अर्बिन लामाको अनुसार हिजो सम्पन्न कार्यक्रमका बिच डोजाङ्गले ८० जना बिद्यार्थीहरुलाई ग्रडिङ दिएका थिए भने उक्त कार्यक्रमबाट नै डोजाङ्गको बेस्ट प्लेयरस्मा सुवान लामा र सोनाम तामाङ, अनुशासित प्लेयरस्मा आकृति तामाङ, पङ्च्युअल प्लेयरस्मा रबिना लामा र अदिल दमरुलाई छनौट गरेका थिए । यसरी छनौट गर्ने कार्यका लागी जुरी मेम्बरहरुमा मिलन घिसिङ र सन्जोक लामा रहेका थिए ।

कार्यक्रमका बिच राष्ट्रिय खेलाडी किरण सितिखुलाई सम्मान समेत गरेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्